Techie IT
Mission Khabar

कोरोना संक्रमित भेटिएको काठमाडौं मेडिकल कलेजको स्वास्थ्य सेवा बन्द, अर्को सूचनापछि खुल्ने


काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालका आकस्मिक लगायतका सबै सेवा बन्द गरिएको छ । अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएसँगै आकस्मिक लगायत सबै सेवा बन्द गरिएको हो ।

बिरामी र कर्मचारीलाई संक्रमणको जोखिमबाट बचाउन अस्पतालका सबै सेवा बन्द गर्नुपरेको अस्पताल प्रशासन द्धारा जारी सूचनामा उल्लेख छ । अस्पतालले एक सूचना जारी गर्दै २ जना बिरामी र २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको छ ।

कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नका लागि रोकिएको स्वास्थ्य सेवा अर्को सूचनापछि मात्रै सञ्चालन हुने बताइएको छ । आकस्मिक सहितका सबै उपचार सेवा बन्द गर्न बाध्य भएको जनाएको छ ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्