Techie IT
Mission Khabar

४० प्रतिशत क्षमतामा सञ्चालन हुँदै सिमेन्ट उद्योग, मागसँगै उत्पादन बढ्ने


काठमाडौं । कोरोना महामारी रोकथामका लागि भन्दै घोषणा गरिएको लकडाउन खुकुलो भएसँगै देशभरका सिमेन्ट उद्योगहरु ४० प्रतिशत क्षमतामा सञ्चाल हुन थालेका छन् । नेपाल सिमेन्ट उत्पादक संघका अनुसार लकडाउनका कारण शून्य सञ्चालन क्षमतामा पुगेका उद्योगहरु आंशिक रुपमा खुलेसँगै उत्पादन बृद्धी हुन थालेको हो ।

संघका अध्यक्ष ध्रुबराज थापा निजी क्षेत्रको निमार्णका कामहरु ठप्प रहँदा तथा सरकारी विकास निर्माणले समेत तीव्रता नपाउँदा उद्योगहरु पूर्ण क्षातामा चल्न नसकेको बताउँछन् । बजार खुलेपछि मागसँगै उत्पादन बढाउने मनसायमा रहेका सिमेन्ट उद्योगीहरु मजदुर अभाव, कच्चा पदार्थ आयात तथा संकलनमा स्थानीय तह तथा प्रशासनको अबरोधका कारण उद्योगहरु लामो समय सञ्चालन गर्न नसकिएको बताउँछन् । सरकारले खानी सञ्चालनकालागि बेलैमा निर्णय नर्गदा कच्चा पदार्थ उत्खनन् र भण्डारणमा समस्या भएको उद्योगीहरु बताउँछन् । वैशाख २८ पछि नै सिमेन्ट उद्योग सञ्चालनका लागि खुल्ला गरिएपनि स्थानीय तह र प्रशासनको अवरोधका कारण सञ्चालनमा समस्या भएको संघका अध्यक्ष थापाले बताए ।

लकडाउनका कारण दैनिक ६० करोड रुपैयाँको बजार गुमेको सिमेन्ट उत्पादनकहरुको दाबी छ । लकडाउन अघिसम्म ६१ वटा सिमेन्ट उद्योगबाट दैनिक १६ मिलियन टन हाराहारीमा सिमेन्ट उत्पादन हुँदै आएको थियो । सिमेन्ट उद्योगमा १६ हजार भन्दा धेरै प्रत्यक्ष र एक लाख भन्दा बढी कामदारका आश्रीत परिवार जोडिएका छन् ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्