Techie IT
Mission Khabar

नेपाली सेना र सशस्त्रको सीमा सुरक्षामा चासो, वीओपी विस्तार र सीमा गस्ती प्राथमिकतामा


काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले बुधबार दार्चुलाको छाङरु पुगेर सीमा र सुरक्षाकर्मीको समस्या बारे स्थलगत अवलोकन गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत सुरक्षा निकायका दुई प्रमुखहरुसहितको टोली लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको भौगोलिक अवलोकनका लागि पुगेको हो ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस निरीक्षण तथा अतिक्रमित भूमिको अवलोकन गरेका दुई सुरक्षा निकायका प्रमुखले नेपालको भुमि रक्षाका लागि विओपी विस्तार र सुरक्षा निगरानीमा चासो दिने प्रतिबद्धता समेत जनाएका छन् । स्थलगत अवलोकनका क्रममा त्यहाँ खटिएका सुरक्षाकर्मीको समस्या समेत बुझेका उनीहरुले अन्य सीमा क्षेत्रमा समेत बिओपी विस्तार र नियमित गस्ती बढाउनेतर्फ चासो देखाएका छन् ।

यद्यपी, सरकारले विस्तार गर्ने भनेअनुसार देशभर बिओपी विस्तार हुन सकेको छैन । सरकारले दार्चुलाको छाङरुमा सशस्त्रको बीओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस स्थापना गरेको थियो । उत्तरी सीमातर्फ संखुवासभाको किमाथांका, दार्चुला छाङ्रु, मुस्ताङ्गको नेचुङ्गमा नयाँ बिओपी स्थापना भएका छन भने हुम्लास्थित नाम्खाको हिल्सा र बैतडीको पञ्चेश्वरमा चाँडै बिओपी उद्घाटन गर्नेगरी तयारी अन्तिम चरणमा पुगेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

पछिल्लो समय देशका ७७ वटै विल्लामा वोर्डर आउट पोस्ट विस्तार सहित नियमित सुरक्षा गस्तीलाई तिब्रता दिइएको छ ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्