मन्त्री र सचिवकै फरक फरक बोली, कहिले आउने काठमाडौंमा मेलम्ची ?
काठमाडौं । उपत्यकावासी मेलम्ची खानेपानीको प्रतिक्षामा बसेको धेरै समय भयो । पटक–पटक भाखा राख्ने अनि सार्ने र टर्ने योजना बनेको मेलम्ची कोरोनासँगै भएको कामको सुस्तताले अझै अनिश्चित बनेको छ ।
खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले संंसदीय समितिमा मेलम्चीको पानी घरघरमा कहिले आइपुग्छ भनेर ठ्याक्कै भन्न नसकिने दाबी गर्दैगर्दा सरकारले भने बजेट मार्फत साउनमै काठमाडौंमा पानी वितरण गर्ने बाचा गरेको थियो । समिति सदस्यले मिति तोक्न दबाब दिएपछि सचिव बेलवासेले सकेसम्म एक वर्षभित्र बिच्छ्याएका पाइपबाट पानी वितरण गर्ने योजना रहेको सुनाए । तर खानेपानी सचिवले विकास समितिमा दिएको जानकारी भन्दा खानेपानी मन्त्री बिना मगरले प्रतिनिधिसभामा फरक मत राखिन । चालु आर्थिक वर्षमा भौतिक काम सक्ने र नयाँ आर्थिक वर्षदेखि पानी वितरण सुरु गर्ने भनेर प्रतिनिधि सभामा खानेपानी मन्त्री विना मगरले प्रतिवद्धता जनाएकी छिन । उनको पछिल्लो भाखा असार मसान्तसम्म काठमाडौंमा मेलम्चीको पानी ल्याउने छ ।
मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेश खत्रीका अनुसार ९९ प्रतिशत काम सम्पन्न भएको छ । मेलम्ची आयोजनाका अनुसार अब सुरुङ र पानी प्रशोधन केन्द्रबीचको पाइप जडानको १० प्रतिशत काम बाँकी छ । अनुगमन उपकरण जडानतर्फ आपूर्ति र जडानको काम भइरहेको छ । बाँकी भौतिक काम पुस मसान्तसम्म सकिने र त्यसपछि परीक्षणको काम सुरु हुने आयोजना बताउँछ । परीक्षण सुरु भएपछि नै परीक्षण सम्पन्न गर्नका लागि अर्को तीन महिना लाग्नेछ । यसले समेत मेलम्चीको पानी तत्काल काठमाडौं आउने सम्भावना टारेको छ । यद्यपी सरकार पुरानै पाइपलाईनबाट पानी वितरण गरेर बाँकी वितरण र परिक्षणको कामलाई निरन्तरता दिने योजनामा छ । चुहावट बढी भएकाले पुरानो पाईपलाईनबाट वितरण सहज हुने भन्दापनि काठमाडौं जलमग्न हुनेतर्फ खानेपानी क्षेत्रका प्राविधिकहरुले सरकारलाई सचेत गराउँदै आएका छन् ।
विगतमा मिति तोक्दा तोकिएको समयमा काम पुरा नभएर सर्वत्र आलोचना भएकाले मिति तोक्ने भन्दा छिटोभन्दा छिटो काम गर्नेतिर केन्द्रित हुनु राम्रो हो । तर व्यक्ति र सरकारका निकायका फरक फरक धारणाले नागरिकमा बढाउने अन्यौल बारे सरकारको बेमतलबी बन्नुहुन्न । स्वेत पत्र मार्फत साउनमा मेलम्चीको पानी काठमाडौं ल्याउने प्रतिवद्दता जनाएको सरकारले कति पटक उपत्यकावासीलाई ढाट्छ त्यो भने समयले देखाउनेछ ।
क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #breaking
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्