बहाव बढेसँगै सप्तकोसीका २६ ढोका खोलिए, ७३ हजार ५ सय क्युसेक पानी थपिए खतराको साइन

काठमाडौं सप्तरी । कोसी अञ्चलका पहाडी जिल्लामा केही दिनदेखी निरन्तर परेको पानीका कारण सप्तकोसी नदीमा बहाव बढेसँगै २६ वटा ढोका खोलिएको छ । भन्टाबारीस्थित कोसी ब्यारेजमा पानीको बहाव बढेपछि ५६ मध्ये शुक्रबार २६ वटा ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको हो ।
सप्तकोसीमा शुक्रबार दिउँसो १२ बजेदेखि वहाव १ लाख ७६ हजार ५१० क्युसेक प्रतिसेकेन्ड मापन भएको छ । यो बहाव बढ्दो क्रममा मापन भैरहेको छ । बिहान १ लाख ५ हजार क्युसेक मात्र मापन भएपनि बिहीबारदेखि नै सप्तकोसीमा पानीको बहाव बढ्न सुरु गरेको थियो ।
पहाडी क्षेत्रमा पानी पर्ने क्रम नरोकिदासम्म पानीको बहाव बढ्ने आँकलन गरिएको छ ।
ब्यारेजमा २ लाख ५० हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन भएसँगै खतराको साइरन बजेपछि रातो झन्डा गाडेर सतर्क रहन आग्रह गर्ने गरिन्छ ।
क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्