नेपालको जनसंख्या ३ करोड नाघ्यो, १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ गरिदै

काठमाडौं । नेपालको जनसङ्ख्या शुक्रबारदेखि औपचारिक रुपमा तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०६८ को जन्म, मृत्यु र बसाइँसराइ दरको तथ्यांकमा आधारित भएर देशको जनसङ्ख्या तीन करोड ६ सय ३४ पुगेको जानकारी गराएको हो ।
राष्ट्रिय जनगणना २०६८ को नतिजाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । आगामी वर्ष १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ हुँदैछ । विभागले त्यससम्बन्धी कार्यतालिका स्वीकृत गरिसकेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कँडेलको अध्यक्षतामा गत साता सम्पन्न राष्ट्रिय जनगणना निर्देशक समितिको बैठकले कार्यतालिका स्वीकृत गरेको थियो ।
असार १५ गतेदेखि जनगणनाको प्रश्नावली तयारी थालेर स्थानीय तहअनुसार जनगणनाको तालीम, तथ्यांक प्रशोधन केन्द्रको तयारी,अनलाइन मार्फत गणक तथा सुपरीवेक्षकको आवेदन, उनीहरूलाई तालिम, जनगणनाको सामाग्री जिल्ला–जिल्ला पठाउने, प्रदेश तथा जिल्ला जनगणना कार्यालय स्थापना, प्रारम्भिक तथा अन्तिम नतिजा र २०८० वैशाखभित्र विषयगत प्रतिवेदन सार्वजनिक गर्ने लक्ष्य निर्धारण गरेर तथ्यांक विभागले जनगणनाको काम अघि बढाएको छ । हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्ने व्यवस्था रहदै आएको छ ।
क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्