सार्वजनिक सवारी साधन चलाउन व्यवसायी तयार भएनन्, पहिला राहत र सहुलियतको माग

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघले यथास्थितिमा सार्वजनिक सवारी साधानहरु चलाउन नसक्ने बताएको छ । महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी यथास्थितिमा यातायात सञ्चालन गर्न नसक्ने भन्दै पाँचबुँदे माग अघि सारेको हो ।
पूर्व तयारीविना सार्वजनिक यातायात सञ्चालन गर्न भनेर सरकारले अव्यवहारिक र खतरनाक कदम चालेको भन्दै महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले हचुवाका भरमा यातायात सञ्चालन गर्नुको साटो चाबी बुझाउने बताए । महासचिव भरत नेपालले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार यातायात मजदुर र आम यात्रुहरुको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पुनर्तालिकीकरण हुनुपर्ने, कागज पत्र, कर राजश्वमा बन्दाबन्दी अवस्थाको कर छुट हुनुपर्ने, बन्दाबन्दीको अवस्थाको बिमा प्रिमियम छुट समयावधि समायोजनलगायतको माग पुरा गरेमात्र सार्वजनिक सवारी साधन चलाउन सकिने बताए । सरकारले तोके बमोजिम विभिन्न प्रकृतिका (साना, ठूला, मझौला) सवारी साधनको सिट मापदण्ड बमोजिम यात्रु राखी सञ्चालन गर्न नसकिने महासंघको निष्कर्ष छ ।
यता, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले समेत तत्काल यथास्थितिमा सार्वजनिक सवारी चलाउने नसकिने बताएको छ । सरकारसँग विभिन्न शर्तहरू राख्दै पूरा नभएसम्म सवारी चलाउन नसकिने निर्णय यो महासंघले गरेको हो । चालक तथा सहचालकको स्वास्थ्य सुरक्षाका लागि बिमाको ग्यारेन्टी, भोलि सार्वजनिक सवारी चलेपछि संक्रमण फैलाएको आरोप लागाउनुपूर्व जोखिमको मूल्याङ्कन गरेर योजना बनाउनुपर्ने, म्याद सकिएका गाडीको कागजपत्र नविकरणमा नितिगत निर्णय र बैंक किस्ता, ब्याज लगायतमा सहुलियत भएमात्रै गाडी चलाउने वातावरण हुने महासंका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
सरकारले बिहीबार मात्रै जिल्लाभित्र र काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीलाई खुला गर्ने निर्णय गरेको थियो । सरकारले साविक भाडामा ४० प्रतिशत थप्ने निर्णयसहित विभिन्न सर्तसहित सार्वजनिक सवारी साधन सञ्चालन गराउने भनेपनि व्यवसायीले अस्विकार गरेपछि तत्कालका लागि सार्वजनिक सवारी सधान सञ्चालन नहुने भएका छन् ।
क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा, विकास / पुर्वाधार, समाचार
ट्याग : #breaking, #hot, #Hot news, #public buss, #महासंघ, #यातायात व्यवसायी, #सार्वजनिक यातायात
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्