पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६२ प्रतिशत उपलब्धी, काममा थप तिब्रता

पोखरा काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रगति ६२ प्रतिशत पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार लकडाउनका बीचमा पनि यस विमानस्थलको कामले निरन्तर पाउँदा निमार्णले गति लिएको हो ।
अहिले विमानस्थल निर्माणमा ३ सय ४४ जना कामदार खटिएका मध्ये २ सय ४४ जना चिनियाँ र १ सय जना नेपाली कामदार रहेको बताइएको छ । १५ असारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति ५९ प्रतिशत थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले टर्मिनल भवन निर्माणको काम जारी रहेको छ । कुल २१ अर्ब रुपैयाँ लागतमा राष्ट्रिय गौरवको यो आयोजना निर्माण भइरहेको छ ।
क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot, #पर्यटन तथा नागरिक उड्डयनमन्त्री, #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, #राष्ट्रिय गौरवको आयोजना, #विमानस्थल निर्माण, #संस्कृति
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्