Techie IT
Mission Khabar

रोकियो पशुपति क्षेत्रको गुरुयोजना, छलफल सहित प्रतिवेदन दिनेगरी समिति गठन


काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजना तत्कालका लागि कार्यान्वयनमा नआउने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आइतबार एक महिनाका लागि गुरुयोजनाको थप काम रोकेर सरोकारवाला निकायसँग छलफल गर्नका लागि तीन सदस्यीय समिति गठन गरेका हुन् ।

मन्त्रालयका संस्कृति महाशाखा प्रमुख, योजना र प्रशासन महाशाखा प्रमुख र पुरातत्व विभागका महानिर्देशक सम्मिलित समितिलाई एक महिनाभित्र सरोकारवाला, स्थानीय, सम्बन्धित क्षेत्रका विज्ञ एवं इतिहासविद् र संस्कृतिविद्हरुसँग छलफल गरेर प्रतिवेदन बुझाउन भनिएको छ । समितिले प्रतिवेदन नबुझाएसम्म गुरुयोजनाको सम्पूर्ण काम अहिलेकै अवस्थामा राख्न निर्देशन दिइएको छ । गत पुस १९ गते कोषको बैठकले पारित गरेको गुरुयोजनामा पशुपति क्षेत्रभित्रका पुराना बस्तीहरु उठाउनेसम्मको योजना समेटिएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् ।

संघर्ष समितिका पदाधिकारीहरुले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई पदमुक्त गर्नुपर्ने, गुरुयोजना खारेज गर्नुपर्ने र नयाँ गुरुयोजना तयार पार्दा स्थानीयलाई सहभागी गराउनुपर्ने माग राखेका छन भने कोषले बेवास्था गर्दै आएको छ ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot, #गुरुयोजना खारेज, #पशुपति क्षेत्र विकास कोष, #पुरातत्व विभाग, #संघर्ष समिति, #संस्कृति पर्यटन तथा नागरिक उड्डयन

तपाईको कमेन्ट लेख्नुहोस्