नेपालमा ६४ जना कोरोनाका गम्भिर बिरामी, महामारी बढे आइसीयू र भेन्टिलेटरले नधान्ने
कोरोना उपचारका लागि ९ सय भेन्टिलेटर र १ हजार ७ सय २ आईसीयू शय्या मात्र

काठमाडौं । सक्रिय संक्रमितको संख्या ६ हजार ३३० रहेको ६४ जनाको अवस्था गम्भीर छ । मन्त्रालयले दिएको जानकारी अनुसार ६१ जनाको आईसीयू र ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । सबैभन्दा बढी बाग्मती प्रदेशमा २६ जना आईसीयू र ३ जना भेन्टिलेटरमा छन् । प्रदेश २ मा ३२, प्रदेश ५ मा २ र प्रदेश १ मा १ जना आईसीयूमा उपचाररत छन् ।
नेपालमा यहि अनुपातमा कोभिड–१९ का जटिल बिरामी बढ्दै गए उपलब्ध भेन्टिलेटर र आईसीयू शय्याले नधान्ने देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाका गम्भीर बिरामीको उपचारका लागि निजी र सरकारीमा गरी ९ सय भेन्टिलेटर र १ हजार ७ सय २ आईसीयू शय्या मात्र उपलब्ध छन् । स्वास्थ्य क्षेत्रका विज्ञहरूले नै संक्रमितको संख्या बढिरहेकाले थप आईसीयू र भेन्टिलेटर चाहिनेतर्फ सरकारलाई सचेत गराइरहँदा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आवश्यकताअनुसार क्रमिक रूपमा आईसीयू र भेन्टिलेटर थप्ने प्रक्रिया अघि बढेको दाबी गरे । आईसीयू र भेन्टिलेटरमा राख्ने अवस्था नआओस् भनेर रोकथाममै बढी जोड दिएको उनको दाबी थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेले आईसीयूमा जाने बिरामीको बढ्दो संख्याले चिन्ता बढाएको बताए । आईसीयू र भेन्टिलेटरको उपचार प्रक्रिया सहजै थेग्न नसकिने भएकाले कोरोना संक्रमणको विस्तार रोक्न थप कडा पाइला चाल्नु पर्ने भन्दै जनस्वास्थ्यविद र सरुवा रोग विशेषज्ञहरुले सरकारलाई बारम्बार सचेत गराउँदै आएका छन् ।
संक्रमण र उपचारको अवस्था
शुक्रबार मात्रै लकडाउनपछि सबैभन्दा बढी ४६४ संक्रमित पहिचान भएकोमा काठमाडौं उपत्यका सहित, पर्सा, मोरङ, सप्तरी बाँके लगायतका जनघनत्व बढी भएका स्थानमा समुदायमा महामारी फैलिएको पाइएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पर्साका १३८ जनामा, काठमाडौंका ८८, मोरङका ६४, बाँकेका २९, सप्तरीका २९, कैलालीका १८, बर्दियाका १५, सर्लाहीका १२, धनुषा र कास्कीका ११/११, ललितपुरका १० र बाराका ९, नुवाकोटका ८, रौतहटका ५, भक्तपुर, नवलपरासी र कालीकोटका ४/४ जना, झापा र तनहुँका २/२ तथा सुनसरी, सिन्धुपाल्चोक, नवलपुर, गुल्मी, स्याङ्जा, अछाम, सुर्खेत, कञ्चनपुरका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कुल संक्रमितको संख्या २२ हजार २१४ पुग्दा ७३ जनाको मृत्यु भएको छ भने १५ हजार ८१४ जनाले कोरोना जितेका छन् ।
क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking, #hot, #आईसीयू, #उपचार, #काठमाडौं उपत्यका, #कोरोना संक्रमण, #कोरोनाका गम्भीर बिरामी, #जनस्वास्थ्यविद, #भेन्टिलेटर, #मृत्यु, #सक्रिय संक्रमित, #सरुवा रोग विशेषज्ञ
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्