Techie IT
Mission Khabar

कार्यालय खुलेसँगै रसिद हुनेको हातहातमा लाइसेन्स, यसरी छापियो ५ महिनामा पाँच लाख स्मार्ट कार्ड


काठमाडौं । वर्षौदेखि समस्या बनेको स्मार्ट कार्ड छपाईको काम शुन्यमा झारिएको छ । लकडाउनको समयमा र त्यसपछि समेत २४ सै घण्टा मास मेसिन मार्फत छपाई गरेर यातायात व्यवस्था विभागले छाप्न बाँकी रहेका करिब ५ लाख सवारी चालक अनुति पत्र लाइसेन्स छपाईको काम पुरा गरेको हो ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले २४ सै घन्टा चार सिप्टमा कर्मचारिहरुको ब्यवस्थापन गरेर स्मार्ट कार्डको छपाईलाई शुन्यमा झारेको जानकारी दिए । “कोरोना महामारीका कारण सिंगो देश लकडाउन हुँदा र त्यसपछिको समयमा समेत विभागले आम उपभोक्ताको लाईसेन्स प्रतिक्षा पुरा गर्नेगरी दिनरात नभनेर काम गरेको छ” –हमालले भने । लाईसेन्स छपाई सकेको विभाग कार्यालय खुलेपछि सबैको हातहातमा लाइसेन्स पुर्याउने गरि देशैभर रहेका यातायात कार्यलयहरुमा पठाउनका लागि प्याकीङमा जुटेको छ । सेवाग्राहीले नाम, ठेगाना लगायतका ब्यक्तीगत विवरण भर्दा गल्ती गरेका करिब १५ हजार लाईसेन्स भने प्रकियामा रहेका छन ।

अहिलेसम्म देशभरका यातायात सेवा कार्यालयमा पुगेको लाइसेन्सको विवरण : 
यातायात कार्यालय बागमती – ५ लाख ८ हजार तिनसय चार
यातायात कार्यालय कोशी – १ लाख २१ हजार ८ सय ३३
लहान यातायात कार्यालय – ४३ हजार ४ सय १
जनकपुर यातायात कार्यालय – ७४ हजार ५ सय १३
वीरगंज यातायात कार्यालय – १ लाख १९ हजार ७ सय २७
मेची यातायात कार्यालय – ८२ हजार ८ सय ७७
गण्डकी यातायात कार्यालय – १ लाख ५९ हजार २३६
लुम्बीनी यातायात कार्यालय – १ लाख ४८ हजार ६ सय ९९
धौलागिरी यातायात कार्यालय – १६ हजार ७ सय ८२
राप्ती यातायात कार्यालय – ३७ हजार ६ सय २८
भेरी यातायात कार्यालय – ७० हजार ८ सय ५३
सेती यातायात कार्यालय – ४५ हजार ९०९
महाकाली यातायात कार्यालय – २५ हजार ६ सय ५८
बर्दीबास महोत्तरी यातायात सेवा कार्यालय – ८ हजार ८ सय १
जगाती यातायात कार्यालय – १ लाख २५ हजार ६ सय ४०
ठूलो भर्याङ यातायात कार्यालय – १ लाख ६४ हजार ३ सय ४१
चवहिल यातायात कार्यालय – १ लाख ४४ हजार १ सय ५१
जुुम्ला कर्णाली यातायात सेवा कार्यालय – ९०
सुर्खेत यातायात सेवा कार्यालय – २ आठ सय १९
डडेल्धुरा यातायात सेवा कार्यालय – २ सय १८
डोटी यातायात सेवा कार्यालय – ४७
हेटौँडा यातायात कार्यालय – ९ हजार २ सय ६३

लामो समय देखि लाईसेन्सको पर्खाइमा बसेका सेवाग्राहीलाई अब भने केही राहत भएको छ । तर भोली अवस्था सामान्य भएपछि निरन्तर लाईसेन्समा देखिएको समस्यालाई दीर्घकालीन रुपमा कसरी समाधान गर्ने भन्ने चुनौतीबाट भने विभागले अझै मुक्ति पाउने देखिदैन ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #breaking, #महानिर्देशक गोगनबहादुर हमाल, #मास मेसिन, #यातायात व्यवस्था विभाग, #यातायात सेवा कार्यालय, #सवारी चालक अनुति पत्र लाइसेन्स, #स्मार्ट कार्ड छपाई

तपाईको कमेन्ट लेख्नुहोस्