खेल क्षेत्रमा कोरोना प्रभाव : प्रशिक्षण र प्रतियोगिता ठप्प

काठमाडौं । नेपालमा कोरोना संक्रमणको संख्या दिनप्रतिदिन बृद्धि भएसँगै खेल क्षेत्र अस्तव्यस्त भएको छ । संक्रमणको त्रासकै कारण खेलाडिले न त कुनै खेल प्रतियोगितामा भाग लिन पाएका छन्, नत अभ्यास नै । अभ्याससमेत गर्न नपाएका खेलाडिले वैकल्पिक व्यवस्थाको अपेक्षा गरेका छन् ।
नेपालमा दिनप्रतिदिन कोरोना भाईरस संक्रमित बृद्धि भएसंगै सरकारखे खेल क्षेत्रमा हुने सबै क्रियाकलापमा रोक लगाएको छ । जसले गर्दा सबै खेलाडि प्रभावित भएका छन् । खेल क्षेत्रमा २७ बर्षको लामो अनुभव बटलेका करातेका खेलाडी मण्डेकाजी श्रेष्ठ कोरोनाको कारण खेलाडिहरुलाई ठुलो असर परेको बताउछन् । १३ औ सागमा २ सुवर्ण पदक हात पारेका श्रेष्ठ खेलाडीलाई आफ्नो सरिर तन्दुरुस्ट राख्न खानामा ध्यान दिएर बिहान र बेलुका गरी दैनिक कम्तिमा ४ घण्टा अभ्यास गर्नैपर्ने बताउछन् । तर अहिले खेलाडिले भनेजति अभ्यास गर्न पाएका छैनन् । त्यति मात्रै कहाँ हो र ? पुर्वनिर्धारित विभिन्न प्रतियोगिता पनि नहुँदा खेलाडि निराश छन् । अर्की खेलाडि आयशा शाक्य पनि यतिबेला खुशी छैनन् । कोरोना भाईरसको संक्रमणले नियमित अभ्यास गर्न नपाएको आयसाको भनाई छ ।
यता कोरोनाकै कारण अप्रिल र मे मा हुने वल्र्ड च्याम्पियन र एसियन च्याम्पियन खेल समेत रोकिएकोले खेलाडिलाई ठुलो असर परेको छ । सरकारले बन्द सत्र गरी होस्टलको व्यावस्था गरेर खेलाडीलाई अभ्यास गर्ने व्यावस्था गर्नुपर्ने आयशाको माग छ । यता सानै उमेर देखि खेल क्षेत्रमा उच्च दखल भएकी उसुको खेलाडी जुनि राईले पनि दक्षिण एसियाली खेलकुद १३ औ सागमा सुवर्ण जित हात पारिन । त्यो समयमा प्रशिक्षकसंगै रहेर अभ्यास राम्रो गरेको कारण बिभिन्न बिधाका खेलाडिहरुले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०६ पदक .हात पार्न सफर भएको उनको भनाई छ । तर कोरोनाको कारण घरमै बसेर अभ्यास गरेकोले अब आउने खेल प्रतियोगितामा जित निकाल्न निकै चुनौती भएको राईको भनाई छ ।
यसरी बिभिन्न खेल रोकिएको कारण समस्या परेको खेलाडिहरुलाई संक्रमणको अन्त्य भएसंगै आयोजना हुने खेलमा समाबेस गराउने योजनाको साथ स्वास्थ्य सुरक्षाका पालनम गर्दै अभ्यासको राम्रो ब्यावस्था गर्न आवस्यक देखिन्छ ।
क्याटेगोरी :
देश / प्रदेश,
विकास / पुर्वाधार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्