Techie IT
Mission Khabar

कहिले आउँछ मल ? शारदा अधिकारी र हुमनाथ कोइरालाले किसानमाथी गरे छल


काठमाडौं । बर्षेनी मलको अभाव खेप्दै आएका किसानहरु यसबर्ष झनै् सास्ती खेप्न बाध्य छन् । ठेकेदार कम्पनीको बेइमानीका कारण समयमै मल ल्याउन नसक्दा किसानंहरु बाली कसरी हुर्काउने र फलाउने भन्ने चिन्तामा छन् । सरकारले ५० हजार टन युरिया ल्याउन लागि कृषि सामग्री कम्पनीमार्फत गत पुस र माघमा टेन्डर आह्वानको ठेक्का लागेर पनि मल आयात हुन सकेन ।

मलको टेन्डरमा सधैँ अन्तर्राष्ट्रिय कम्पनीहरू सहभागी हुने र तिनका नेपालस्थित एजेन्ट सक्रिय भएपनि यो पटक त्यस्तो भएन् । बरु, निर्माण क्षेत्रमा धेरै आयोजना अलपत्र पारेको सारदा अधिकारीको शैलुङले प्रतिटन ३२० दशमलव २५ डलरमा रासायनिक मल आयात गर्ने गरी र अर्को निर्माण क्षेत्रकै विवादास्पद बिकोई कन्स्ट्रक्सनका सञ्चालक हुमनाथ कोइरालाको होनिको कम्पनीले ३०९ दशमलव ९० डलर प्रतिटनमा मल ल्याउने गरी ठेक्का पाएपनि अहिलेसम्म एक बोरा पनि मल ल्याउन सकेनन । बरु मल ल्याउन नसक्ने शैलुङलाई नै थप ठेक्का दिएर कृषी सामाग्री कम्पनीले किसनमाथी खेलवाड गरिरहेको पाइएको छ ।

सरकारले किसानमाथी खेलवाड गर्ने दुई ठेकेदारलाई कारबाही गर्ने दाबी गरेपनि ठेकेदार र राजनीतिज्ञबीच चल्ने साँठगाँठले किसानमारा ठेकेदारलाई कारबाही होला भनेर पत्याइहाल्ने अवस्था छैन । कारबाहीको हल्ला फिजाएर किसानको आक्रोश कम गर्न खोजिएको हो वा साच्चै कारबाही हुन्छ, यसका लागि भने केही दिन मात्रै पर्खिदा खुल्नेछ । समयमा मल नल्याउने ठेकेदारहरु भने अहिलेपनि केही समय थपिदिए मल ल्याउने दाबी गरिरहेका छन् । किसानमा हाहाकार मच्चिदा भारत र चीनले मल नदिएपछि सरकारले बंगलादेशसँग पैचो मागेको मलपनि कहिने नेपाल आउने निश्चित भएको छैन ।

केही किसान महंगो तिरेर मल किनिरहेका छन भने अहिले अधिकांश किसान मलका लागि घण्टौँ लाइन बसेर रित्तो हात फर्कन बाध्य छन् । धानको मुख्य सिजनमा रासायनिक मलको अभाव भएपछि बंगलादेशबाट मल ल्याउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली नै सक्रिय भएका छन् । तर, मल कहिले आउँछ अझै टुंगो लागेको छैन् ।


क्याटेगोरी : कृषी / उद्यम, देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्