Techie IT
Mission Khabar

उद्धार उडानबाट आएकामाथी निरन्तरको ठगी, कस्ले अशुल्दैछ दोब्बर गाडी भाडा ?


काठमाडौं । यातायात व्यवसायीहरुले विदेशबाट उद्धार गरी ल्याइएका नागरिहरुलाई होल्डिङ सेन्टरबाट घर पठाउने नाममा ठग्ने क्रम बढेको आरोप लगाइएको छ । विदेशबाट उद्धार गरी ल्याइएका नेपाली नागरिकलाई होल्डिङबाट घर पठाउने क्रममा गाडी भाडमा ठगी हुँदै आएको व्यवसायीहरुले नै आरोप लगाएका हुन् ।

सार्वजनिक यातायात केन्द्रिय महासंघका वरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालले केही व्यवसायी, यातायात व्यवस्था विभाग, सीसीएमसी लगायतका सरकारी निकायकै संलग्नतामा अमुक व्यक्तिहरुले सेटिङमा महंगो भाडा लिएर यात्रुलाई ओसार्ने काम गरिरहेको बताए । जनकपुरसम्मको २ हजार भाडा लिएर १२ जनालाई २४ हजारमा लगिदा गाडी धनीलाई १६ हजार मात्रै दिएर बिचौलीयाहरुले ठगी गरिरहेको पाइएको छ । व्यवसायीले सहज र सुलभ दरमा यात्रुलाई बोक्छौँ भनेर पटक पटक गरेको आग्रहको बेवास्ता गर्दै सरोकारवाला निकायले नै यात्रुलाई ठग्ने र व्यवसायीलाई लुट्ने काम गरेको दाबी गर्दै अफ्ना मागहरु सम्बोधन नभए गाडी सडकमा उतारेर आन्दोलनमा उत्रिने चेतावनी व्यवसायीले दिएका छन् ।

नेपाल राष्ट्रिय प्रगतिशिल यातायात श्रमिक संगठनले पनि होल्डिङ सेन्टरबाट यात्रुहरुलाई गन्तव्यमा पु¥याउने जिम्मा यातायात व्यवसायीलाई दिनुपर्ने माग गरेको छ । विभिन्न माग सहित ज्ञापन पत्र बुझाउन संगठनका पदाधिकारी गएपनि होल्डिङ सेन्टरबाट ज्ञापन पत्र नबुझेको अध्यक्ष राजेन्द्र शर्माले जानकारी दिएका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, यातायात / यात्रा, विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्