कोरोनाको त्रास : यात्रु नपाउँदा खाली खाली गुड्दैछन सार्वजनिक यातायात

काठमाडौं । कोरोना भाइरसका कारण करिव ६ महिना बन्द रहेको सार्वजनिक यातायात अहिले खुला गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण गत चैत ११ देखि बन्द रहेको लामो दूरीको सार्वजनिक यातायात सरकारले असोज १ देखि खुला गर्ने निर्णय गरेपनि यात्रु नपाउने समस्याले व्यवसायी थप मारमा परेका हुन् ।
यातायात व्यवसायीले निक्कै धेरै दबाब दिएर लामो दुरीको यातायात सञ्चालनमा आएपनि अहिले यात्रु नपाउँदा व्यवसायीहरु उल्टै समस्यामा परेको गुनासो गरिरहेका छन् । कोरोना अघिको सामान्य समयमा प्रदेश १ र दुईतर्फ प्रत्येक दिन ४५० सार्वजनिक सवारी साधन ओहोरदोहोर हुँदै आएपनि अहिले यात्रु नहुँदा दैनिक १ सय ५० सवारी साधन मात्र गुडिरहेका छन् । एक सिटमा एक यात्रु राखेर आवात जावत गराउँने गरेपनि अधिकांश गाडीहरु खाली खाली चलाउनुपरेको गुनासो व्यवसायीको छ ।
काठमाडौंबाट पूर्वका ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, धनकुटा, सुनसरी, झापा, मोरङ, तेह्रथुम, उदयपुर, सिरहा र सप्तरी जाने ५४ बस कम्पनी मिलेर बनेको पूर्वाञ्चल यातायात व्यवसायी समन्वय प्रालिले यात्रु नभएकाले आलोपालो बस सञ्चालन गर्दै आएको छ । अहिले गोँगबुस्थित नयाँ बसपार्कबाट थोरै मात्रामा सवारी साधन बाहिरीने गरेका छन् । पहिले प्रत्येक दिन ६ सय देखि ७ सय हाराहारीमा सार्वजनिक यातायात उपत्यकाबाट बाहिरीने गरेपनि अहिले प्रत्येक दिन २ सय देखि २ सय ५० सार्वजनिक यातायात बाहिरीने गरेका छन् । काठमाडौंबाट पश्चिम तर्फको रुकुम,सल्यान सुर्खेत, नेपालगञ्ज, कैलाली लगायतका जिल्लामा जाने सवारी साधान समेत यात्रु नपाउने समस्यामा छन् ।
दशै नजिकिदै गर्दा समेत मानिसहरुको आवात जावत बढ्न सकेको छैन् । कोरोनाको त्रासले हरेक व्यक्ति यात्रा गर्न समेत डराई रहेका छन् । यो बर्ष दशैंमा समेत यात्रुहरुको चाप कम हुने देखिएको छ । यात्रु नपाएर खालीखाली हिड्नुपर्ने अवस्था आएको दाबी गर्ने व्यवसायीहरु तेल र गाडी मर्मत खर्च समेत उठान गाह्रो भएको बताइरहेका छन् ।
क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा, विकास / पुर्वाधार
ट्याग : #breaking
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्