२६ वर्षपछि बैतडीमा विमान सञ्चालन, बैतडी, बझाङ र डोटीका विमानस्थल स्तरउन्नतीमा तिब्रता

काठमाडौं, बैतडी । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा २६ वर्षपछि विमान सञ्चालन सुरु भएको छ । परीक्षण उडानका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई सहितको टोलीलाई लिएर शनिबार समिट एयरको हवाईजहाज बैतडी पुगेको हो ।
दशैँपछि धनगढी विमानस्थललाई आधार बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाईसेवा सञ्चालनको प्रयासस्वरुप यो उडान थालिएको बताइएको छ । प्रदेशको धनगढी विमानस्थलबाट बैतडी, बझाङ र डोटीमा हवाई सेवा सञ्चालनका लागि शनिबार संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले तयारी उडानको शुभारम्भ गर्नुभएको छ । मन्त्री भट्टराईले सुदूरपश्चिमका पर्यटकीयस्थल खप्तड, मानसरोवर लगायतका क्षेत्रमा पर्यटक भित्र्याउनका लागि यहाँका तीन जिल्लामा रहेका विमानस्थलमा नियमित रूपमा जहाज सञ्चालन गरिने जानकारी दिनुभएको छ । निजी क्षेत्रको विमान कम्पनी समिट एयरले धनगढीबाट यी तीन जिल्लामा उडान सञ्चालन गर्ने बताइएको छ ।
केही हप्तादेखि उक्त विमानले नेपालगञ्ज–बाजुरा–धनगढी र धनगढी–बाजुरा–नेपालगञ्जसम्म चार्टर्ड उडान गरिरहेको छ । बैतडी, बझाङ, डोटी जिल्लामा रहेका विमानस्थलको स्तरोन्नतिको काम पूरा भएसँगै हवाई सेवाले निरन्तरता पाउनेछ ।
क्याटेगोरी : ओझेलका पात्र, देश / प्रदेश, विकास / पुर्वाधार, समाचार
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्