नेपालको विद्युत विकासमा अष्ट्रेलियाको चासो, फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडको प्रतिनिधि मण्डल नेपाल आउँदै
५ सय मेगावाट क्षमताको विद्युत उत्पादन र खत आफैले गर्ने प्रस्ताव

काठमाडौं । अष्ट्रेलियाको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तीमा ५ सय मेगावाट क्षमताको विद्युत उत्पादन गरी खपतसमेत आफैंले गर्नेगरि ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयसमक्ष प्रस्ताव पेस गरेको छ । ऊर्जा मन्त्रालय र उक्त कम्पनीका प्रतिनिधिबीच प्रस्ताव बारे जुममा भर्चुअल बैठकसमेत भएको छ ।
कार्यकाल सकाएर स्वदेश र्फकनुअघि नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले गरेको विदाई भेटका क्रममा समेत ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले उक्त प्रस्तावलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएको जानकारी दिनुभएको थियो । अष्ट्रेलियन कम्पनीले नेपालमा ठूलो लगानी ल्याउन खोजेकामा स्वागत गर्दै मन्त्री पुनले त्यसका लागि नेपाल सरकारसहजीकरण गर्न तयार रहेको बताउनुभएको छ । कम्पनीका अध्यक्ष एन्ड्रीय फरेस्ट नेतृत्वको २३ सदस्यीय टोली आगामी असोज २६ अर्थात अक्टुबर १२ मा नेपाल आउँदैछ । उक्त टोलीसँग मन्त्री पुन तथा मन्त्रालयले टोलीले आयोजना विकासका सम्बन्धमा नीतिगत, कानूनी र प्रक्रियागत तथा सम्भावित आयोजनाका विषयमा छलफल गर्नेछ । तीन दिने नेपाल बसाइका क्रममा टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जामन्त्री पुन, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग भेटघाट गर्नेछ ।
राजदूत बडले समेत आफ्नो नेपाल बसाई सफल र स्मरणयोग्य रहेको दाबी गर्दै स्वदेश फर्किएपछि समेत अष्ट्रेलिया सरकारले नेपालको विकासमा गर्दै आएको सहयोगलाई निरन्तरता दिन सघाउनेर अष्ट्रेलियाको निजी क्षेत्रलाई जलविद्युतसहित नेपालको विविध क्षेत्रमा लगानी गर्न आहृवान गर्ने प्रतिबद्धता बारम्बार व्यक्त गर्नुभएको छ । अष्ट्रेलियाले नेपालमा पछिल्लोपटक एकीकृत नदी बेपसिन व्यवस्थापन र फुकोट कर्णाली जलविद्युत आयोजना विकासका लागि प्राविधिक सहायता उपलब्ध गराएको छ ।
क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #breaking
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्