Techie IT
Mission Khabar

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीडभाड रोक्ने प्रयास, अब एक जनालाई मात्रै प्रवेश


काठमाडौं । अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा एक जना यात्रुका लागि एक जना मात्र आफन्तले प्रवेश पाउने भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयले आइतबार सूचना प्रकाशित गर्दै काठमाडौं उपत्यकामा बढ्दो संक्रमणका कारण विमानस्थलमा हुने भिडभाड कम गर्न एक जना यात्रुका लागि एक जना मात्र आफन्तको प्रवेश दिनेगरि नियम ल्याएको हो ।

विमानस्थलले सकेसम्म आफन्त नलिई विमानस्थलमा आउन यात्रुलाई आग्रह गरेको छ । आफन्तजन वृद्धवृद्धा भएमा, अशक्त भएको अवस्थामा बाहेक लिन वा पु¥याउन आउने नाममा विमानस्थलमा भिडभाड नगर्न भनिएको छ । विमानस्थल आउनै पर्ने यात्रुले हातमा स्यानिटाइजर लगाउने, माक्स अनिवार्य रुपमा लगाउने र सामाजिक दूरी कायम गर्नुपर्नेछ ।

पछिल्ला दिनमा अन्तर्राष्ट्रिय उडानतर्फ माग भएबमोजिम उडान अनुमति दिइएका कारण चाप बढेको छ । दशैं नजिकिएका कारण आन्तरिकतर्फ समेत यात्रुको चाप छ । अब विमानस्थलको गेटबाटै सुरक्षाकर्मीले एक जनालाई मात्र प्रवेश दिनेछन् ।


क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा, विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्