Techie IT
Mission Khabar

सार्वजनिक यातायातलाई पुरै सिटमा यात्रु बोक्न छुट, स्वास्थ्य मापदण्डमा व्यवसायीको खेलवाड


काठमाडौं । नेपालमा कोरोना महामारिले नियन्त्रण भन्दा पनि विस्तार पाइरहेको छ । काठमाडौं उपत्यका लगायत शहर क्षेत्रमा कोरोनाको जोखिम बढिरहेको छ । तर, सरकारले सार्वजनिक सवारी साधनमा पुरै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिरहेको समयमा मन्त्रीपरिषद् बैठकले दसैंमा यात्रुले दुःख पाउने कारण देखाउँदै सवारी साधनलाई यात्रु हाल्न दिने निर्णय गरेको हो ।

मंगलबारदेखि सार्वजनिक गाडीका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरिएपनि स्वास्थ्य मापदण्ड कार्यान्वयन गरे नगरेको बारे सरकारले अनुगमन गर्न सकेको छैन । बरु उल्टै सेनिटाइजर प्रयोग नगर्ने जोखिम बढाउनेगरि कोचाकोच यात्रु बोक्ने सार्वजनिक सवारीलाई कोरोना हटेजसरी दिइएको छुटले भने आम नागरिकलाई समस्यामा परेको छ । सरकारले मंगलबारबाटै पुरानै भाडामा पुरा सिट क्षमतामा यात्रु बोक्न छुट दिने निर्णय गरेपनि भाडा एक छिट बोक्ने निर्णय अनुसार नै लिइरहेका छन् । यसअघि समेत छोटो तथा लामो दुरीमा चल्ने सार्वजनिक सवारीले आधा यात्रु मात्र चढाउने, सेनिटाइजरको अनिवार्य प्रयोग लगायतका बिषयमा हुँदै आएको बेवास्था रोक्न सकिएको थिएन ।

पुरै सिटमा यात्रु राखे पनि कोरोना सङ्क्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने सरकारको निर्णय छ तर अधिकांश सार्वजनिक सवारीमा सेनिटाइजर समेत राख्न छोडिएको छ ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्