Techie IT
Mission Khabar

भूकम्प प्रभावित जिल्लामा वितरित निःशुल्क इन्टरनेट सेवा बन्द


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्लामा निःशुल्क वितरण गर्दै आएको इन्टरनेट प्रयोगमा अब शुल्क लाग्ने भएको छ ।

इन्टरनेट सेवा नपुगेका स्थानीय निकायमा इन्टरनेट पुर्याउने योजनासाथ ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरेर दुई वर्षका लागि प्राधिकरणले निशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको थियो । निःशुल्क इन्टरनेटको अवधि २०७६ साल चैतसम्म भए तापनि कोरोना भाइरस सङ्क्रमणका कारण सेवा प्रवाहलाई निरन्तरता दिइएकोमा मङ्गलबारदेखि उक्त सेवा रोकिएको हो ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्ला (नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, ओखलढुंङ्गा र सिन्धुली)का इन्टरनेट सेवा नपुगेका स्थानीय निकायमा इन्टरनेट पु¥याउन विभिन्न सेवा प्रदायकसँग गरेको सम्झौता सकिएपछि सेवा रोकिएको जानकारी दिनुभयो ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्