Techie IT
Mission Khabar

बढ्दै कोरोना संक्रमणका गम्भिर बिरामी, ३७ हजार सक्रिय संक्रमित पुग्दा वेड र आईसीयू अभाव

३९२ जनाको आइसीयू र भेन्टिलेटरमा उपचार हुँदै


काठमाडौं । पछिल्लो २४ घण्टामा ४३९२ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । थप ३५२२ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना जित्नेहरुको संख्या ८८ हजार ४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ । सक्रिय संक्रमित मध्ये आधाभन्दा बढी अर्थात २४ हजार ४६ जना होम आइसोलेसनमा छन् । १२ हजार ३३६ जना देशका विभिन्न अस्पतालमा उपचाररत छन् ।

काठमाडौं उपत्यका उच्च जोखिममा
देशभर हाल ३७ हजार ३८२ संक्रिय संक्रमित रहेकोमा यीमध्ये काठमाडौं उपत्यकामा मात्र २२ हजार २२९ जना रहेका छन् । काठमाडौं जिल्लामा मात्र १७ हजार ६८५ जना, ललितपुरमा दुई हजार ९१४ र भक्तपुरमा एक हजार ६३० जना सक्रिय संक्रमितर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म काठमाडौं उपत्यकामा ५१ हजार ९४१ जनामा संक्रमण देखिएको छ । सबैभन्दा धेरै संक्रमित काठमाडौंमा ४१ हजार ८१३ जना, ललितपुरमा पाँच हजार ९२९ जना र भक्तपुरमा चार हजार १९९ जना पहिचान भएका छन् । कोरोनाका कारण काठमाडौं उपत्यकामा मात्र २२७ जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ ।

बढ्दै कोरोनाका गम्भिर बिरामी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका अस्पतालमा वेड, आइसीयू र भेन्टिलेटर पाइन छाडेको भन्दै सचेत बन्न सार्वजनिक अपिल नै गरिरहेको छ । देशका ७ वटै प्रदेशमा गम्भिर बिरामीको संख्या बढ्दो क्रममा छ । देशभर ३ सय १५ जनाको आइसीयूमा र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बिहीबारसम्म देशभर ३ सय १४ जना कोरोना संक्रमित आईसीयुमा र ६८ जना भेन्टिलेटरमा उपचाररत थिए ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्