रानीपोखरी अब पुरानै स्वरुपमा, शिलान्यासको ५ वर्षपछि राष्ट्रपति भण्डारीले गरिन उद्घाटन

काठमाडौं । भूकम्पका कारण भत्किएर पुनर्निर्माण भएको रानीपोखरी पुरानै स्वरुपमा फर्किएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच रानीपोखरीको उद्घाटन गर्नुभएको छ ।
२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणको २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले शिलान्यास गर्नुभएको थियो । अहिले रानीपोखरी र पोखरीको बीचमा रहेको बालगोपालेश्वर महादेव मन्दिर पुरानै स्वरुपमा तयार भएका छन् । यसअघि गुम्बज शैलीमा निर्माण गरिएको मन्दिर विज्ञहरुको प्रतिवेदनका आधारमा प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुननिर्माण गरिएको छ ।
रानीपोखरीलाई आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै विरोध भएपछि पुनः पुरानै शैलिबाट निर्माण गरिएको थियो । विवाद र ठेक्काको अलमलले शिलान्यास भएको करिब ५ वर्षपछि मात्रै रानीपोखरी पुननिर्माणको काम पुरा भएको छ ।
क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्