३ सय ७७ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत, ३२ हजार ८७३ होम आइसोलेसनमा

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । शनिबार मात्रै काठमाडौं उपत्यकामा ११ सय १० सहित २२ सय २५ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमित ४६ हजार ५७ पुगेका छन् । यीमध्ये ३२ हजार ८७३ जना होम आइसोलेसनमा छ । सबै भन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ४ सय ५९ जना, १ मा ५ हजार ९ सय २१, प्रदेश २ मा १ हजार २ सय ७८, लुम्बिनी प्रदेशमा ३ हजार ८ सय ४२, सुदूरपश्चिम प्रदेशमा १ हजार ५७, गण्डकी प्रदेशमा १हजार ४६० र कर्णाली प्रदेशमा ८५६ जना होम आइसोलेसनमा छन् ।
काठमाडौं कोरोनाको हटस्पट
काठमाडौं उपत्यका लक्षणसहितका संक्रमित थपिदा कोरोनाको हटस्पट बनेको छ । शनिबारसम्म उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा २४ हजार ७ सय ९ सक्रिय संक्रमित पुगेका छन्। काठमाडौंमा २० हजार ७ सय २२,भक्तपुरमा १ हजार ४ सय ५४ र ललितपुरमा २ हजार ५ सय ३३ जना सक्रिय संक्रमित छन्।
बढ्दै गम्भिर बिरामी
देशभर ३ सय ७७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७० जना भेन्टिलेटरमा र ३०७ जना संक्रमित आइसियुमा उपचाररत छन्।
सबैभन्दा बढी बागमती प्रदेशमा १८१ जना आइसियुमा र ४९ जना भेन्टिलेटरमा उपचाररत छन् । लुम्बिनी प्रदेशमा ४४ जना आइसियु र ८ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४८ जना आइसियु र ९ जना भेन्टिलेटरमा र प्रदेश २ मा ९ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै, सुदुरपश्चिममा २ आइसियु र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा १५ आइसियु र १ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ८ आइसियु उपचाररत रहेका छन्।
क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्