पछि सर्दै मेलम्चीको भाका, आउँला त आगामी बैशाखमा काठमाडौंमा पानी ?

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजना सम्पन्न भएर काठमाडौं उपत्यकामा पानी आउने नयाँ भाका राखेको छ । प्रधानमन्त्री कार्यालयमा ठेकदार र आयोजनाले बुझाएको कार्यतालिकाअनुसार काम भएमा मेलम्ची आयोजनको काम सन् २०२१ अप्रिल १५ सम्म सम्पन्न हुने भएको छ । २०७८ वैशाख २ गतेसम्म आयोजना निर्माणको सबै काम सकाउने योजना सरकारले अघि सारेको हो ।
मेलम्ची आयोजनाको म्याद पटक–पटक थपिनु र यसको निर्माण सकिने भाका पर सर्दै जानु सामान्य विषय जस्तै बनेको छ । यसअघिको पछिल्लो भाका अनुसार दशैंसम्म काठमाडौंबासीलाई पानी खुवाउने सरकारको बाचा पनि अधुरो देखिएको छ । खानेपानीमन्त्री बिना मगरले गत फागुन १ गते पत्रकार सम्मेलनमार्फत श्वेतपत्र जारी गर्दै मेलम्चीको पानी २०७७ असार मसान्तसम्म काठमाडौंमा आइपुग्ने घोषणा गर्नुभएको थियो । यो आयोजनालाई पनि कोभिड–१९ को कारण देखाएर पछि धकेलिएको छ । असार २९ मा परीक्षणका लागि सुरुङमा पानी भर्न सुरु गरेको २४ घण्टा नबित्दै अम्बाथानको अडिट टनेलको गेट भत्किएपछि आयोजना अर्को समस्यामा फस्यो । अहिले अडिट टनेलका गेटलाई सुधार गरेर जोड्ने काम भइरहेको छ ।
आयोजनाका सहायक प्रवक्ता राजेन्द्र पन्तले महामारीका कारण असर परे पनि सिमित कर्मचारी राखेर भएपनि काम नरोकिएको बताए । सुरुङमा पानी भर्न सुरु गरेपछि भएको दुर्घटनाले आयोजना थप पछि धकेलेको र लडाउनका कारण आयोजनामा रहेका सुरुङको गेट लगायतको काम गर्न उच्च दक्ष कामदार र विज्ञहरु विभिन्न देशबाट ल्याउनुपर्नेमा त्यो सम्भव नभएर ढिलाई भएको आयोजनाको दाबी छ । चैतभित्र काम सक्ने भनिएपनि सिमित कामदार र आवश्यक सामाग्रीको सहज उपलब्धता नहुँदा ढिलाई भएको आयोजनाको जिकिर छ । ०६४ सालमै सक्ने गरी थालिएको मेलम्चीको म्याद पटक–पटक थपिँदा पनि अझै पुरा भएको छैन ।
०७५ पुसमा काम छाडेर इटालियन कम्पनी सीएमसी भागेपछि आयोजना ९ महिना रोकिएर अहिले नयाँ ठेकेदारमार्फत काम भइरहेको छ । आयोजनाको मुहानमा बन्ने हेडवर्क्स निर्माणको काम अहिले चिनियाँ कम्पनी सिनो हाइड्रोमार्फत भइरहेको छ । सिमित कर्मचारि मार्फत भएको कामको अवस्था र बारम्बार फेरिने भाकाले आगामी बैशाखसम्म पनि मेलम्ची आयोजनाको काम पुरा हुने देखिन्न । कोरोना महामारिको थप प्रभाव मेलम्चीमा पर्छ वा यो पटकको भाका सर्दैन ? यसका लागि केही महिना कुर्नुपर्छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, विकास / पुर्वाधार
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्