Techie IT
Mission Khabar

हुम्लाको सिमकोट विमानस्थलमा एक महिनामा पनि सकिएन कालोपत्रेको काम


हुम्ला, काठमाडौं । हुम्लाको सिमकोट विमानस्थलमा असोज महिनाबाट पुनः कालोपत्रको काम अझै जारी छ । गत असोज महिनाको १५ गतेबाट विमानस्थलको रनवे क्षेत्रमा कालोपत्र गर्ने कार्य सुरु भएपनि अझै सम्पन्न नभएको हो ।

६ सय ५० मिटर लम्बाइ, २० मिटर चौडाइ रहेको सिमकोट विमानस्थलमा झण्डै एक महिनादेखि कालोपत्रेको काम भइरहेको छ । एप्रोन तथा पार्किङ १०० मिटर, हेलिप्याड ४० मिटर रहेको र यी सबै क्षेत्रको कालोपत्र गरिदा समय लागेको बताइएको छ । रनवेको करिब ४०० मिटर भागमा कालोपत्र सकिएको र बाँकी रहेको भाग १५ दिनभित्र गरिसक्ने विमानस्थलका इञ्जीनियर अजयकुमार गुप्ताले जानकारी दिएका छन् । विमानस्थललाई यसभन्दा पहिला नै कालोपत्र गरेको भए पनि रनवे केही भागमा कालोपत्र उप्किएका कारण पुनः दुई इञ्चको कालोपत्र गरिएको हो । प्रत्येक दिन बिहान ६ देखि १० बजेसम्म हजाईजहाज उडान भर्ने भएका कारण १० देखि बेलुका छ बजेसम्म कामदारले कालोपत्र गर्ने काम धमाधम गरिरहेका छन् ।

निर्धारित समयमा विमानस्थलको पिचिङ कार्य सम्पन्न गर्न निर्माण कम्पनीले आवश्यक सामग्री तयारी अवस्थामा राखेपछि भने कामले गति लिएको छ । निर्माण कम्पनी क्याराभान, गाल्भा जेभीका स्थानीय प्रतिनिधि विजय लामाले अबको १५ दिनमा पुरै पिच सक्नेगरि कामदार ल्याएर काम लगाएको बताए । विमानस्थल कालोपत्रका लागि ९ करोड ९७ लाख बराबरको बजेट छुट्याइएको छ ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार

तपाईको कमेन्ट लेख्नुहोस्