सुनाकोठी–चापागाउँ सडक : बर्षौदेखी धुलोको सास्ती, कालोपत्रे माग्दै कहिलेसम्म आन्दोलन ?

ललितपुर, काठमाडौं । ललितपुरको सुनाकोठी–चापागाउँ सडक विस्तारका नाममा भत्काएर अलपत्र छाडिएको वर्षौं भइसक्दा पनि कालोपत्रे नगरिएको भन्दै स्थानीय फेरि आन्दोलित भएका छन् । नेवाज् क्लब र स्थानीयहरुले संयुक्त रुपमा सडक बनाउन दबाब दिदै आइतबार बिहानैदेखि सडक अवरुद्ध गरेका हुन ।
यो क्रम सोमबार समेत जारी छ । सुनाकोठी, ठेचो, चापागाउँ सडक खण्ड विस्तारको गर्ने भन्दै भत्काइए पनि ठेकेदारले वर्षौंसम्म सडक अलपत्र छाडेपछि स्थानीयले गत वर्ष सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए । पछि सडक खुलाउने विषयमा सहमति भएपनि हालसम्म सडक निर्माण हुन नसकेको स्थानीयको गुनासो छ । सहमति भएको एक वर्ष पुगिसक्दा पनि सडक कालोपत्रे नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको स्थानीय बताउँछन् । सडक भत्काएको वर्षौसम्म पनि सडक निर्माण सम्पन्न नहुँदा यहाँका स्थानीयले धुलो र धुवाको सास्ती खेपिरहेका छन् । यसअघि वार्ता मार्फत माग सम्बोधन गर्ने सम्झौता भएपनि माग सम्बोधन नभएका कारण आक्रोशित भएका स्थानीय यसपटक कुनै पनि वार्तामा नबस्ने र सडक कालोपत्रे नभएसम्म आन्दोलन जारी राख्ने अडानमा छन् ।
२०७१ सालमा ललितपुरको सातदोबाटोदेखि चापागाउँको टाहाखेलसम्मको सडक दायाँबायाँ ११-११ मिटर फराकिलो बनाउने गरी ठेक्का सम्झौता भएको थियो । सडक निर्माणको ठेक्का शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सनले पाएपनि सडक फराकिलो बनाउने भन्दै कतिपय स्थानमा घर र अन्य संरचना भत्काएर अलपत्र छाडिएको छ । मुआब्जा पनि नदिने र भत्किएको सडक पनि नबनाएर सास्ती थप्ने भन्दै स्थानीय सरकार र ठेकेदार दुबैसँग आक्रोशित बनेका छन् ।
क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्