Techie IT
Mission Khabar

जाडोसँगै बढ्दै कोरोना कहर, ४५७ जना संक्रमित भेन्टिलेटर र आईसीयूमा उपचाररत


काठमाडौं । पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०३४ पुगेको छ । पछिल्लो २४ घण्टाम ३ हजार ३०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको कुल संख्या नै १ लाख ८२ हजार ९२३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ । देशभरका संस्थागत आइसोलेसनमा ६ हजार ७८० जना रहँदा होम आइसोलेसनमा अधिकांश संक्रमित अर्थात ३० हजार १३१ जना रहेका छन् । होम आइसोलेसनमा बस्नेहरुको संख्या बढ्दा देशभर कोरोनाका गम्भिर बिरामीहरु समेत बढिरहेका छन् । बुधबारसम्मको तथ्यांक अनुसार ७८ जनाको भेन्टिलेटरमा र ३७९ जना संक्रमितको आईसीयूमा राखेर उपचार भइरहेको छ । यो संख्या अघिल्ला दिनहरुको तुलनामा उच्च हो । भेन्टिलेटर र आईसीयूमा उपचाररत विरामीहरुको संख्या पछिल्ला दिनहरुमा बढदा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि बढ्दो क्रममा देखिएको छ ।

पछिल्लो २४ घण्टामा थप ३८४४ संक्रमणमुक्त भएसँगै कोरोना जित्नेहरुको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । कोरोना जित्नेहरुको संख्या उल्लेख्य देखिएपनि जोखिम विगतको तुलनामा थप बढेको जनस्वास्थ्य क्षेत्रका जानकारहरुले नै आँकलन गर्न थालेका छन् ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्