Techie IT
Mission Khabar

काष्ठमण्डप निर्माणको काममा तिब्रता, आगामी बैशाख १२ मा उद्धाटन गरिने


काठमाडौं । बैशाख १२ गते उद्घाटन गर्नेगरी सरकारले काष्ठमण्डप पुनर्निर्माणको कामलाई तिब्रता दिएको छ । २०७२ साल बैशाख १२ गते गएको बिनासकारी भूकम्पले क्षतिग्रस्त भएको काष्ठमण्डप चैत मसान्तसम्म पुनःनिर्माण सकेर आगामी वैशाखमा उद्घाटन गर्ने तयारी गएिको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काष्ठमण्डप ध्वस्त भएकै दिन पारेर उद्घाटन गरिने जानकारी दिनुभयो । शुक्रबार दिउँसो शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसँग काष्ठमण्डप पुननिर्माणको प्रगतिको बारेमा जानकारी लिन मन्त्री ज्ञवाली वसन्तपुर दरबारक्षेत्र पुग्नुभएको थियो । काष्ठमण्डप पुननिर्माण सम्पन्न गर्न करिब १३ करोड रुपैयाँ लाग्ने बताइएको छ । सरकारको तर्फबाट पुननिर्माण गर्दा करिब १९ करोड रुपियाँ लागत अनुमान गरिएको छ ।

काठमाडौं महानगरपालिकाको पुर्ण आर्थिक सहयोगमा पुननिर्माण भैरहेको सो सम्पदाको लागि महानगरपालिकाले करिब साढे १० करोड रुपैयाँ निकासा गरिसकेको छ ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्