देशका ७ सय ४८ स्थानीय तहमा वाणिज्य बैंकको पँहुच, ५ वटामा कहिले ?

काठमाडौं । देशका सात सय ५३ वटा पालिकामध्ये सात सय ४८ पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनासम्म पाँच वटा पालिकाबाहेक सबै पालिकामा ’क’ वर्गका बैंक अर्थात् वाणिज्य बैंकका शाखा विस्तार भएका हुन् ।
राष्ट्र बैंकको रेकर्ड अनुसार प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् । प्रदेश १ का एक सय ३७ पालिकामध्ये ताप्लेजुङको मिक्वाखोला गाउँपालिका बाहेकमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । वाग्मती प्रदेश अन्तर्गतको धादिङ रुवी भ्याली र नेत्रावती गाउँपालिकामा बैंकको शाखा पुगेको छैन । कर्णालीमा जाजरकोटको जुनीचाँदै गाउँपालिका र सुदूरपश्चिममा बझाङको काँडा गाउँपालिकामा वाणिज्य बैंकको शाखा नपुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
२०७६ सालको असोजसम्म सात सय ४१ पालिकामा वाणिज्य बैंकका शाखा विस्तार भएका थिए । एक वर्षको अवधिमा सात वटा पालिकामा मात्रै बैंकका शाखा विस्तार भएका छन् । संघीताको अभ्यास सुरु गरेसँगै सरकारले सबै स्थानीय तहमा वाणिज्य बैंकको एक शाखा र अस्पतालको सुविधा पुर्याउने घोषणा गरेको थियो ।
क्याटेगोरी : कृषी / उद्यम, देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्