अघोषित लोडसेडिङको मार : कुलमानको अभाव देखाउनेगरि किन काटिदै छ विद्युत ?
काठमाडौं । लामो समय लोडसेडिङको मार खेपेका काठमाडौं उपत्यकावासी अझ भनौँ देशवासीले नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ आएको केही समयमै अन्धकारबाट उज्यालोमा बस्ने मौका पाए ।
अत्यास लाग्दो अध्यारो युगको चमत्कारिक रुपमा अन्त्य गराएका कार्यकारी निर्देशक घिसिङ नेपाल विद्युत प्राधिकरणबाट बाहिरिएसँगै धेरैले अनुमान गरेका थिए, अब फेरि अध्यारोको युग सुरु हुन्छ । नभन्दै केही महिनादेखी नेपाल विद्युत प्राधिकरणले अघोषित लोडसेडिङलाई निरन्तरता दिन थालेको छ । विगत जस्तो यतिघण्टा वत्ति आउँछ, जान्छ भन्दै तालिका नआएपनि मनलाग्दी रुपमा काटिने विद्युतले आम नागरिकमा हिजोकै जस्तो घण्टौ अध्यारोमा बस्नुपर्ने त होइन भन्ने आशंका बढाएको छ । प्राधिकरणले लोडसेडिङ गर्ने सम्बन्धि कूनै सूचना तथा जानकारी औपचारिक रुपमा सार्वजनिक नगरेपनि बत्ती दैनिक अवरुद्द हुनुले प्राधिकरणले अघोषित लोडसेडिङ सुरु गरेको होकि भन्ने अनुमान सर्वसाधारणले गरिरहेका छन् ।
केही महिनादेखी नै अघोषित लोडसेडिङले निरन्तता पाएपनि पछिल्लो केही दिनयता भने काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा दैनिक बिजुली अवरुद्ध हुँदै आएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा रातिको समयमा बत्ति जान थालेको स्थानीयहरुले मात्रै होइन, नेपाल विद्युत प्राधिकरण आफै पनि स्विकार गर्छ । घोषित वा अघोषित नाममा लोडसेडिङ भएको नभई विगतको जस्तै प्राविधिक कारणले वत्ति गएको भनिदैगर्दा दिनहुजस्तै उहि समयमा मात्रै बत्ति जानुलाई आम सर्वसाधारणले अघोषित लोडसेडिङ भन्न थालेका छन् । तर प्राधिकरण भने विगत जस्तै बत्ति जानु र आउनुलाई सामान्य प्रक्रिया भएको भन्दै आम नागरिकको चासो र जिज्ञाशाको जवाफ दिनबाट समेत भागिरहेको छ ।
अघोषित लोडसेडिङ मात्रै होइन्, गत ४ वर्षदेखि घट्दै आएको विद्युत चुहावट चालु आर्थिक वर्षमा बढ्न थालेको विभिन्न तथ्यांकले नै देखाएको छ । तथ्यांकअनुसार गत असोजमा प्राधिकरणको प्रणालीबाट वितरण लाइनतर्फ १४.२९ प्रतिशत विद्युत चुहावट भएको छ । यो गत वर्षको असोजभन्दा २.३१ प्रतिशतले बढी हो । गत वर्षको असोजमा वितरण लाइनतर्फको चुहावट ११.९८ प्रतिशतमा झारिएको थियो । चुहावट बढ्दा पछिल्लो समय नेपालमा भारतबाट आयातित बिजुली समेत बढेको छ । गत महिनाको तुलनामा यो महिना बिजुली आयात ह्वात्तै बढेको छ । मंसिर महिनाको ५ गते जम्मा ६ लाख युनिट विद्युत भारतबाट आयात भएकोमा पुस २ गते सम्म आइपुग्दा ८६ लाख ५३ हजार युनिट पुगेको छ, यो आयात झन–झन बढ्दो क्रममा देखिएको छ । अहिले विद्युत प्राधिकरणको ८० लाख युनिट विद्युत आपूर्ति र निजी क्षेत्रको ७८ लाख युनिट विद्युत राष्ट्रिय प्रणाली मार्फत आपूर्ति भइरहेको छ । यसले पनि आयात बढ्दो क्रममा रहेको देखाउँछ । हुन त, जाडो सिजनमा विद्युत खपत र माग पनि बढेको छ । एक महिनाको अवधिमा दैनिक विद्युत खपत ६० लाख युनिटले बढेको प्राधिकणको आँकलन छ । मंसिरको सुरुवातमा दैनिक एक करोड ८० लाख युनिट हाराहारी मात्रै विद्युत खपत हुने गरेकोमा पुसको सुरुवातसँगै विद्युत खपत बढेर साढे दुई करोड युनिट पुगेको छ ।
आपूर्ती र खपतको तालमेल नमिल्दा विद्युत वितरणमा समस्या हुनु स्वभाविक हो । तर आयात बढाउँदा बढाउँदै चुहावट लगायतका समस्या समाधान गर्न नसकेर वितरण प्रक्रिया प्रभावित हुनु गम्भिर बिषय हो । निरन्तर बत्ति कटौती, प्राविधिक समस्या देखाए पन्छिने खेल । आम सर्वसाधारणमा नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ सुरु गरेको त होइन भन्दै उब्जिएको जिज्ञाशाको यथासक्य छिटो चित्तबुझ्दो जवाफ आउनुपर्छ । विद्युत व्यवस्थापनको तालमेल मिलाउन नसकेर वा नजानेर अध्यारो युगको पुनराबृत्ति नहोस, आम जनताको अपेक्षा यहि नै छ ।।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्