Techie IT
Mission Khabar

चैतसम्म मेलम्ची खानेपानी आयोजनाको सबै काम सकिने, बैशाखमा पानी आउँने !


काठमाडौं, सिन्धुपाल्चोक । मेलम्चीको पानी काठमाडौं उपत्यकावासीले पिउनका लागि अर्को वर्ष कुर्नुपर्ने भएको छ । राष्ट्रिय गौरबको मेलम्ची खानेपानी आयोजनाको काम चैतसम्म मात्रै सकिने भएको हो । गत असारमा समस्या देखिएपछि त्यसलाई सुधार गरी बनाइएको सुरुङको काम ९९ प्रतिशत सम्पन्न भएको जानकारी दिदै आयोजना चैतअघि नसकिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी सिडिइ राजेन्द्र पन्तले जानकारी दिए ।

विभिन्न चरणको प्राविधिक परीक्षण गर्न समय लाग्ने भएकोले आगामी चैत अन्तिमसम्म पानी राजधानी आइपुग्ने जनाइएको छ । जर्मनीबाट आएका चारजना प्राविधिकले आयोजनाको निरीक्षणका साथै डिजाइन तथा सम्पूर्ण रिपोर्टमा समेत अध्ययन गरी सकेको हुँदा अन्तिम प्रतिवेदन प्राप्त हुन मात्रै बाँकी रहेको बताइएको छ । प्राप्त प्रतिवेदनलाई नेपाली प्राविधिक र ठेकेदार कम्पनीबीच छलफलपछि मात्र सुरुङमा पानी राखिने जनाइएको छ । पानी राखेपछि पनि दुई महिनाको समय लाग्ने र सबै कुरामा सन्तोषजनक देखिएपछि मात्र काठमाडौंको सुन्दरिजल पठाइने तयारीमा आयोजना लागेको छ । गत असारमा फुटेका दुई वटा ढोकालाई भारतीय कम्पनीले जडान गरेसँगै सुरुङको ९९ प्रतिशत काम सम्पन्न भएको छ ।

हेलम्बुको अम्बाथानस्थित मुहानमा हेडबक्र्स (बाँध(को काम ९० प्रतिशत मात्र सम्पन्न भएको जनाइएको छ । बाँधको साथै पुलसमेत बनाउनुपर्ने भएकाले समय तीन महिना हाराहारि लाग्नेछ । एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा करिब ३३ अर्ब लाग्ने आयोजनाको जटिल मानिने २७ किलोमिटर सुरुङ तीन वर्षअघि सम्पन्न भइसकेको छ । दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यका ल्याउने आयोजना पटकपटक पछि धकेलिँदै उपत्यकावासीमा निरासा थपिदैगदा अब भने विभिन्न व्यवधान पार गरी अन्तिम चरणमा पुगेको जनाइएको छ ।

आयोजनाको दोस्रो चरण अन्तर्गत दैनिक १७ करोड लिटर पानी ल्याइने लार्केको काम पनि अघि बढाइएको आयोजनाले जानकारी दिएको छ । दैनिक १७ करोड लिटरको तेस्रो चरणको माङ्ग्रीको काम सम्पन्न भएपछि राजधानीमा दैनिक ५४ करोड लिटर पानी आइपुग्नेछ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्