तीन दिनमा ४६ हजारले लगाए कोरोनाविरुद्धको खोप, २ करोड १७ लाख नेपालीले लगाइसक्ने कहिले ?
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा शुक्रबार साँझसम्म ४६ हजार बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएको जानकारी दिएको छ । बुधबारबाट शुरु भएको कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ ७७ जिल्लाका सबै खोपबुथबाट लगाइदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म ४६ हजार १९७ जनाले खोप लगाएका छन् । खोप लगाएकाहरु केहीलाई स्वास्थ्यमा सामान्य असर देखिएको जानकारी आए पनि ती व्यक्तिहरु केही समयपछि नै आफै निको भएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कसैलाई पनि जटिल समस्या नदेखिएको जानकारीसहित स्वास्थ्य मन्त्रालय तथा खोप लगाएका स्वास्थ्यकर्मीले ढुक्कका साथ खोप लगाउन लक्षित वर्गलाई अनुरोध गरेका छन् । भारत सरकारबाट अनुदानमा ल्याइएको कोभिशिल्ड खोपको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको थियो । भारतले अनुदानमा दिएको १० लाख डोज खोपसँगै अभियान सुरु गरेको सरकारले पहिलो चरणमा कोरोना महामारी रोकथामका लागि अग्रपंक्तिमा खटिएका सफाईकर्मी तथा स्वास्थ्यकर्मी गरेर ४ लाख ३० हजार जनालाई खोप लगाउँदै छ ।
यसपछि सुरक्षाकर्मी हुँदै नाम नागरिकले निशुल्क खोप लगाउन पाउनेछन् । दोस्रो चरणका लागि १७ प्रतिशत अर्थात ५१ लाख नागरिकलाई खोप उपलब्ध गराउने तयारीस्वरूप सरकारले खोप खरिद पक्रिया अघि बढाएको छ । देशभरका कोरोनाविरुद्धको खोप साधारण नेपाली जनताको पहुँचसम्म पुग्न सन् २०२१ को जुनदेखि डिसेम्बरसम्म लाग्न सक्ने अनुमान गरिदैगर्दा प्रधानमन्त्री ओलीले भने तीन महिनाभित्रै सबैले खोप लगाउन पाउने घोषणा गरेका छन् । यता, खोप आयात तथा प्रयोगमा सक्रिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारिहरु भने आगामी ६ महिनाभित्र नेपालका २० प्रतिशत जनसंख्याले कोभिड–१९ को खोप पाउने सम्भावना रहेको बताउँछन् । २० प्रतिशतमा वृद्ध उमेरका मानिस, स्वास्थ्यकर्मी र उच्च जोखिममा रहेकाहरु पर्छन ।
नेपालमा अहिले वृद्ध मानिसको जनसंख्या लगभग २२ लाख, स्वास्थ्य क्षेत्रमा काम गर्ने सम्पूर्ण जनशक्तिको संख्या झन्डै १० लाख र सबैभन्दा बढी जोखिममा रहेको मानिसको संख्या १० लाख कढी रहेको आँकलन छ । पहिलो चरणमा खोप लगाउनुपर्ने करिब ५० लाख रहेको सरकारी आँकलन छ । देशभरका २ करोड १७ लाख नेपालीलाई खोप लगाउने तयारी गरेको सरकारले बाँकी खोप खरिदको प्रक्रिया सुरु गरे नगरेको भने अहिले सार्वजनिक गरेको छैन ।
क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्