नेपालको पूर्वाधार विकासमा एनआरएनएको अग्रसरता, १० अर्बको कोष !

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारीले तिब्रता पाएको छ । बिहीवार अर्थ मन्त्रालयमा बसेको बैठकले कोषमा नेपाल सरकारको तर्फबाट पूर्व सहमतिअनुसार पाँच प्रतिशत लगानी गर्ने निर्णय भएको हो ।
बैठकका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल कोष सञ्चालन गर्न रकमसहित आवश्यक अन्य सहयोग गर्ने जानकारी गराउँदै एक हप्ताभित्र कम्पनीको दर्ता प्रक्रिया टुङ्गो लगाएर काम सुरु गर्न गैरआवासीय नेपाली संघलाई आग्रह गर्नुभएको थियो । बैठकमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले अहिले कम्पनी दर्ताको प्रक्रियामा रहेको जानकारीसहित छिट्टै दर्ता प्रक्रिया पुरा गरेर काम सुरु गरिने बताउनुभयो ।
अध्यक्ष पन्तले कम्पनीमा गैरआवासीय नेपाली संघको १० प्रतिशत शेयर रहने, ८५ प्रतिशत विदेशमा रहेका नेपालीहरुको सेयर रहनेगरि लगानी जुटाउन आईपीओ जारी गरिने जानकारी दिनुभयो ।
क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्