घानाबाट कोभ्याक्स अन्तर्गतको खोप वितरण सुरु, नेपाल आउने कहिले ?

काठमाडौं । गरिब तथा विपन्न देशमा कोभ्याक्स अन्तर्गतको कोरोनाविरुद्धको खोप वितरण सुरु गरिएको छ । कोभ्याक्स अन्तर्गतको कोरोनाविरुद्धको खोप पाउने घाना पहिलो देश बनेको छ । एस्ट्राजेनेकाले उत्पादन गरेको खोप संयुक्त राष्ट्र सङ्घको पहलमा कोभ्यासमार्फत् पहिलोपटक घानाको राजधानी अँकारा पुर्याइएको हो ।
घानामा ६ लाख डोज खोप पुगेको जनाइएको छ । खोप पहिलो चरणमा स्वास्थ्यकर्मीले पाउने छन् । कोरोनाविरुद्धको खोप सम्पन्न देशले मात्रै खरिद गर्न सक्ने हुँदा गरिब देशका नागरिक मर्कामा पर्ने भन्दै कोभ्याक्स अन्तर्गत गरिब र बिपन्न देशमा खोप वितरण गर्ने योजना बनाइएको हो । यो योजनाको नेतृत्व विश्व स्वास्थ्य संगठनले गरिरहेको छ भने यसमा ग्लोबल भ्याक्सिन एलायन्स र कोअलिशन फर एपिडेमिक प्रिपेयर्डनेस इनोभेसनको सहभागीता छ ।
यो योजना अन्तर्गत एक वर्षको अन्तरालमा १९० देशमा कोरोनाविरुद्धको झण्डै दुई अर्ब डोज वितरण गर्ने तयारी गरिएको छ । कोभ्याक्स अन्तर्गत गरिब देशमा २० प्रतिशत नागरिकका लागि पुग्ने खोप वितरण गरिने योजनासहित वितरण थालिएको छ । नेपालमा भारतले सहयोग स्वरुप दिएको १० लाख डोज कोभिसिल्ड खोपबाट सुरु भएको खोप अभियान अहिले पनि जारी छ । सरकारले सार्वजनिक खरिद ऐन नै एक पटकका लागि संशोधन गरेर २० लाख डोज कोभिसिल्ड खोप खरिद गरेकोमा १० लाख डोज पहिलो चरणमा नेपाल आइपुगेको छ । बाँकी १० लाख डोज आवश्यक पर्दा ल्याउनेगरि स्टकमा राखिएको छ ।
यता, खोप अभियान जारी रहँदा कोभ्याक्स अन्तर्गतको अनुदानको खोप कहिले आइपुग्ने भने निश्चित भएको छैन । कोभ्याक्स अन्तर्गतको खोपले नेपालमा धेरैलाई खोप लगाउन सकिने आँकलन गरिएको छ ।
क्याटेगोरी : विकास / पुर्वाधार, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्