परिक्षा पास गरेको एक महिनामै सेवाग्राहीलाई स्मार्ट लाइसेन्स

काठमाडौं । यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना सार्वजनिक गरेको छ । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी भएपनि ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जानकारी गराएको हो ।
अहिले तत्काल कार्ड स्टक थोरै सङ्ख्यामा भएकाले छाप्न नसकिएको भए पनि नयाँ कार्ड आउनासाथ अनुमतिपत्र छपाइलाई तिब्रता दिने विभागको तयारी छ । १४ लाख कार्ड खरीदका लागि प्रक्रिया अघि बढाएको विभागका निर्देशक रामचन्द्र पौडेलले जानकारी दिनुभयो । कम्पनीले अहिले थोरै सङ्ख्यामा नमूना कार्ड परीक्षणका लागि पठाएको र ठीक छ भन्ने जानकारी दिएपछि केही समयमा नै कार्ड आउने बताइएको छ । विभागले गत वर्ष खरीद गरेको ‘मास प्रिन्टर’ को क्षमता एक घण्टामा ४५० अनुमतिपत्र छाप्न सक्ने रहेको छ । एक दिनमा १० घण्टा सञ्चालन गर्दा नै चार हजार ५०० छापिने छ । उपकरणलाई २४ घण्टा चलाउँदा १० हजार बढी छाप्न सकनेछ ।
विभागले कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीको समयमा तीन ‘सिफ्ट’ मा उपकरण सञ्चालन गरेर लामो समयदेखी लाइसेन्सको प्रतिक्षामा बसेकाहरुलाई स्मार्ट कार्ड वितरण सहज बनाएको थियो । कोभिड–१९ का कारण झण्डै १० महिनादेखि अवरुद्ध नयाँ अनुमतिपत्र वितरणका लागि गत पुसमा पुनः खुलाइएसँगै आवेदकको संख्या उल्लेख्यमात्रामा आएको छ । देशभरबाट अनलाइन माध्यमबाट पाँच लाखभन्दा बढी सेवाग्राहीले आवेदन दिएपनि पास दर ३० प्रतिशत हाराहारीमा हुने भएकाले छपाइ सहज हुने विभागको अनुमान रहेको छ ।
विगत दुई वर्षदेखि प्रदेश सरकारअन्तर्गतका यातायात व्यवस्था कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन, नवीकरण र वितरण गरिरहेका छन् । विभागले ‘सर्भर’ को काम र अनुमतिपत्र छपाइ गर्दै आएको छ ।
क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्