चैत १५ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा मात्रै सञ्चालन हुने

काठमाडौं । अब त्रिभुवन विमानस्थलको सञ्चालन अवधि घट्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी १५ चैत (मार्च २८)बाट विमानस्थलको सञ्चालन अवधि दैनिक १८ घण्टा मात्र हुने भएको हो । अहिले विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा छ ।
विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले उडान–अवतरणमा अपेक्षित चाप नभएपछि उडान अवधि घटाउन लागिएको जानकारी दिनुभयो । त्रिभुवन विमानस्थल अब बिहान साढे ६ बजे खुलेर रातको साढे १२ बजे बन्द हुनेछ । रातको समयमा उडान–अवतरण गरिरहेका कम्पनीले स्लट व्यवस्थापन गरी समय सार्न सकुन भन्ने उद्देश्यले अग्रिम मिति तय गरी विमानस्थल सञ्चालनको समय तोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
कोरोना भाइरसको महामारीपछि खुलेको हवाई उडानमा अहिले आन्तरिक उडान सन्तोषजनक रहेको छ । अन्तर्राष्ट्रिय उडानमा भने अपेक्षित वृद्धि हुन सकेको छैन । पर्यटक आगमनमा सरकारले राखेका विभिन्न प्रतिवन्धका कारण पर्यटक आगमन नबढ्दा अन्तर्राष्ट्रिय उडान बृद्धि हुन सकेका छैनन । अहिले नेपाल वायुसेवा निगमले रातको १ बजे जापानको नारितामा उडान भरिरहेको छ ।
दैनिक औसत २३० उडान–अवतरण हुँदै
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले औसत २ सय ३० हाराहारी उडान–अवतरण हुँदैआएका छन् । यी मध्ये १५ उडान मात्रै अन्तर्राष्ट्रियतर्फ हुँदा १ सय १५ हाराहारी आन्तरिक उडान रहेका छन् । त्यति नै संख्यामा जहाज अवतरण गर्दा यो संख्या २३० पुग्दै आएको छ । आन्तरिक उडानमा यात्रु संख्या समेत सन्तोषजनक भएपनि अन्तर्राष्ट्रिय उडानमा भने सोचेजति यात्रु बढ्न सकेका छैनन् । अध्यागमन विभागको आकडाले सरदर दैनिक १२, १३ सय यात्रुले अन्तर्राष्ट्रिय उडान र अवतरण भर्ने गरेको पाइएको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्