Techie IT
Mission Khabar

परिक्षण घट्दा संक्रमण घटेपनि कोरोनाको मृत्युदर घट्न सकेन !


काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा केही कमी आएतापनि मृत्युदरमा उल्लेख्य सुधार देखिएको छैन् । कारोनाका कारण यस अघि जेष्ठ ५ गते अहिलेसम्मकै सबैभन्दा धेरै २ सय ४६ जना कोरोना संक्रमितको ज्यान गएको थियो । अहिलेसम्म पनि कोरोना संक्रमित मृतकको संख्यामा उल्लेख्य कमी आएको छैन्न ।

जनस्वास्थ्य विज्ञ डाक्टर समिरमणी दिक्षितले कोरोना संक्रमण कम हुदैँ गएको दाबीसहित आगामी दिनमा अझै कमी आउने बताउनुहुन्छ । पछिल्लो एक साताको अवधिमा मात्रै कोरोना संक्रमणबाट ६ सय ४४ जनाको मृत्यु भएको छ । जेठ १९ गते बुधबार १ सय १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो भने २० गते मृतकको संख्यामा केही कमी आएको थियो सो दिन संक्रमणका कारण ७५ जनाको मृत्यु भयो । यस्तै जेठ २१ गते ६८ जनाको मृत्यु भएको थियो । जेष्ठ २३ गते मृतकको संख्या उकालो लाग्दै ९९ पुग्यो । भोलिपल्ट अर्थात जेठ २४ गते ९२ जनाको मृत्यु भयो । मृतकको संख्या बढ्दै जादा जेठ २५ गते १ सय ८ जनाको मृत्यु भयो । जेठ २६ गते ८१ जनाले कोरोनाबाट ज्यान गुमाएकोमा २७ गते ५९ जनाको संक्रमणबाट मृत्यु भएको थियो ।

यसरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको तथ्याङक हेर्दा कोरोना संक्रमणका कारण मृत्यु हुने मृतकको संख्यामा उल्लेख्य कमी आउन सकेको छैन् । संक्रमण दरमा सामान्यकमी भएपछि एक व्यक्तिले अन्यलाई संक्रमण सार्ने दरमा समेत खासै सुधार देखिएको छैन । संक्रमण दर आशालाग्दो तरिकाले नघटेकाले जोखिम बाँकी नै रहेको विज्ञहरूले बतनाइरहँदा सरकार भने निषेधाज्ञा केही खुकुलो बनाउने तयारीमा छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्