Techie IT
Mission Khabar

संबैधानिक व्यवस्था अनुसार आज सातवटै प्रदेशले बजेट प्रस्तुत गर्दै


काठमाडौं । असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता बमोजिम सातवटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दैछन्।

सोमबार मात्रै नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएको गण्डकी प्रदेशमा पनि विहान नीति तथा कार्यक्रम पास गरेर दिउँसो ४ बजे बजेट प्रस्तुत गरिदैछ । गण्डकीको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आफैले प्रस्तुत गर्दैछन्। यस्तै प्रदेश १ र बागमती प्रदेशले दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने जानकारी दिएका छन् । प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजे र कर्णाली प्रदेशमा दिउँसो १ बजे बजेट प्रस्तुत गर्नेगरि तयारी भएको छ ।

यस्तो छ बजेटको सम्भावित आकार
कोरोना महामारी र राजनीतिक उथलपुथलका बिच प्रदेश सरकारले बजेट निर्माणको काम सकाएका छन् । धेरैजसो प्रदेशले चालु वर्ष विनियोजन गरिएकै योजनामा खर्च बढाउन सकेका छैनन् । आन्तरिक स्रोत सुदृढ पार्न नसकेका प्रदेश सरकारहरू यो वर्ष बजेट बढाउन असमर्थ हुने सम्भावना छ ।

प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८\७९ का लागि कोरोना महामारीलाई केन्द्रित गरेर करिब साढे ३५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश २ ले ३३ अर्ब आसपासको बजेट ल्याँउदैछ । बागमती प्रदेशले सबैभन्दा ठूलो ५५ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने भएको छ । चार दिन अघिमात्रै सत्ता फेरिएको गण्डकी प्रदेशमा ३२ अर्ब हाराहारीको बजेट ल्याउने तयारी छ । लुम्बिनीप्रदेश सरकारले ३९ अर्ब हाराहारीको बजेट ल्याउँदैछ । कर्णालीप्रदेश र सुदुपश्चिम प्रदेशले करिब ३० अर्ब हाराहारीको बजेट ल्याउने बुझिएको छ ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्