Techie IT
Mission Khabar

असारमै कर्जा किस्ता वा ब्याज भुक्तानी गर्ने ग्राहकलाई वाणिज्य बैंकको १० प्रतिशत छुट


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्जाको किस्ता या ब्याज भुक्तानी असारभित्रै बुझाउनेहरुका लागि १० प्रतिशत छुट दिने भएको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमणका कारण प्रभावित भएको उद्योग एवम् व्यवसाय निरन्तरता एवम् पुनरुत्थानका लागि १० प्रतिशत छुटको व्यवस्था गर्ने जानकारी गराएको हो ।

कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको कतिपय ऋणीको व्यावसायिक कारोबार बन्द भएकाले यो महिनाभित्र कर्जाको किस्ता र ब्याज बुझाउनेहरुलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको जनाइएको छ । सहुलियतबारे जान्नका लागि सम्बन्धित शाखा कार्यालयमा बुझ्न समेत राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकहरुलाई आग्रह गरेको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्