Techie IT
Mission Khabar

अमेरिकाको अलबामा आँधीका कारण भएको दुर्घटनामा परेर १० जनाको मृत्यु


काठमाडौं । अमेरिकाको अलबामा राज्यमा आँधीका कारण भएको सडक दुर्घटनामा परेर बालबालिकासहित १० जनाको ज्यान गएको छ । १८ वटा गाडी दुर्घटना हुँदा नौ बालबालिकासहित १० जनाको ज्यान गएको स्थानीय अधिकारीले जानकारी दिएका हुन् ।

ज्यान गुमाउनेमा ९ महिनाकी बालिकासमेत रहेको बताइएको छ । आँधीले कयौँ घरमा नोक्सानी भएको छ । घटनाको अनुसन्धानका लागि विज्ञको टोली खटिएको छ । अत्याधिक वर्षासँगै आएको बाढीले केहीलाई बगाएको आशङ्कामा खोजी कार्य समेत जारी राखिएको छ ।


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्