Techie IT
Mission Khabar

देशका विभिन्न स्थानमा झरी, सतर्कता अपनाउन अपिल


काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा गएरातिदेखि लगातार वर्षा भइरहेको छ। अहिले प्रदेश १, २ र बागमती प्रदेशका जिल्लाहरूमा भारी वर्षा भइरहेको छ। यस्तै प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा दिउँसो र साँझ समेत भारी वर्षाको सम्भावना छ।

यी प्रदेशहरूका पहाडी भू भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले सबैलाई आग्रह गरेको छ । यस्तै, कन्काई, कोशी, कमला, बागमती जलाधारका केही ससाना सहायक नदीमा क्षणिक मध्यम भारी वर्षा भई बहाव बढ्ने सम्भावना रहेको छ।

स–साना नदीमा आकस्मिक बहाव भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन अपिल गरिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्