Techie IT
Mission Khabar

जेभियर इन्टरनेसनल कलेजलाई वर्ल्ड लिडर समिट अवार्ड


काठमाडौं । काठमाडौंको कालोपुलस्थित जेभियर इन्टरनेसनल कलेजले वर्ल्ड लिडर समिट अवार्ड पाएको छ । शैक्षिक क्षेत्रमा पुर्याएको योगदान र विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गरेको भन्दै जेभियर इन्टरनेसनल कलेजलाई अवार्ड प्रदान गरिएको हो ।

जेभियर इन्टरनेसनल कलेजका सिईओ लोक बहादुर भण्डारीले निरन्तरको शैक्षिक गुणस्तर र उत्कृष्ट पूर्वाधार सहितको समय सापेक्ष सुहाउँदो शिक्षा प्रदान गरेकोले कलेज सम्मानीत भएको जानकारी दिनुभयो । उहाँले अझै गुणस्तरिय शिक्षाका लागि कलेजले योगदान दिने बताउनुभयो । इन्टरनेसनल सेन्टर फर एक्सिलेन्स इन एजुकेसन र स्पेस (सोसाइटी फर पेर्पेचुएसन अफ आर्ट,कल्चर एन्ड एजुकेसन) नामक संस्थाले विश्वभरबाट जेभियर इन्टरनेसनल कलेजलाई गुणस्तरीय शिक्षा प्रदान गरेवाफत सम्मान प्रदान गर्दै आएको छ ।

जेभियर इन्टरनेसनल कलेज यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत हुँदैआएको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्