Techie IT
Mission Khabar

हस्ताक्षर फिर्ताको अल्टिमेटम साँझ ५ बजे सकिदै, मिल्ला त ओली र नेपालको मन !


काठमाडौं । प्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २३ सांसदले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज साँझ ५ बजे सकिदैछ । गत शुक्रबार बसेको ओली पक्षीय केन्द्रीय समिति बैठक मार्फत अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता लिन आजसम्मको समयसीमा दिएका हुन् ।

हस्ताक्षर फिर्ता नलिए हस्ताक्षरकर्ताहरु एमालेमा नरहने चेतावनीसहित अल्टिमेटम दिइएको थियो । अध्यक्ष ओलीको अल्टिमेटम आएको केही समयपछि नै माधव पक्षले हस्ताक्षर फिर्ता नगर्ने जवाफ दिइसकेको छ । यसले एमाले भित्रको विवादलाई थप जटिल र नयाँ मोडमा प्रवेश गराएको छ । यसबीचमा पार्टी एकताको सन्देश दिन भन्दै दोस्रो तहका नेताहरुले ओली र नेपालको संयुक्त हस्ताक्षरित विज्ञप्ति निकाल्न र सम्बोधन गराउन गरेको प्रयास समेत असफल भएको छ । नेपाल निकट भएपनि पछिल्लो समय एमालेलाई एकढिक्का बनाउन भन्दै सक्रिय भुमिका खेलेका योगेश भट्राई अध्यक्ष ओलीले महाधिबेशन आयोजक कमिटि भंग गरेर एकलौटी रुपमा केन्द्रीय कमिटि बैठक डाक्ने र विधिन्न निर्णय गर्ने एकलौटी प्रबृत्तिलाई फेरी दोहोर्याएर एकता अभियानमै अफ्ठेरो पारेको बताउँछन् । यता, एकताको जिम्मेवारी आफुलाई दिन माग गर्दै आएका उपाध्यक्ष बामदेव गौतमले समेत ओली र नेपाल बिच एकअर्काबिरुद्धको इगो नसकिदासम्म एमाले एकता असम्भव जस्तै रहेको बताइसकेका छन् ।

सर्वोच्च अदालतको फैसला आउने सम्मुखमा ओली पक्षबाट संयुक्त विज्ञप्तिका लागि भएको प्रयासलाई नेपाल पक्षले शंकाको दृष्टिले हेरेको छ । यता, आफू संकटमा पर्ने आँकलन गरेका ओली माधव पक्षलाई कमजोर बनाउन अनेक हत्कण्डाहरु रचिरहेका छन् ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्