Techie IT
Mission Khabar

गौशालाको प्यारागन पब्लिक स्कुलको चरम मनोमानी, गुनासो गर्न पुगेका अभिभावक कुटिए


काठमाडौं । निजी विद्यालयमाथी सरकारको नियमन नपुग्दा मनोमानी झन—झन बढ्न थालेका छन् । कोरोना महामारिको बन्दाबन्दीको मारमा परेका अभिभावकमाथी शुल्क बृद्धीको भार थोपर्ने तिलगंगास्थित प्यारागन पब्लिक स्कुलमा छलफल गर्न पुगेका अभिभावकहरु सोमबार उल्टै कुटिएका छन् ।

मनलाग्दी शुल्कबृद्धी गर्ने स्कुलले समाचार संकलनका क्रममा सञ्चारकर्मीमाथी गरेको दुब्र्यबहार प्रति आपत्ति प्रकट गर्दै नेपाल पत्रकार महासंघले विज्ञप्ती नै निकालेको छ ।

विगतमा निजि विद्यालयले जुन कुनै शिर्षकमा जतिसुकै शुल्क लिइएपनि बिरोध नगर्ने अभिभावक पछिल्लो समय निजि विद्यालयको चर्को सेवा शुल्कको बिरुद्धमा आवाज उठाउन थालेका छन् । सोही क्रममा चर्को शुल्क बृद्धी बारे असन्तुष्टि पोख्न तिलगंगास्थित प्यारागन पब्लिक स्कुल पुगेका अभिभावक र विद्यालय प्रशासन बिच सोमबार कुटाकुट भयो ।

दोहोरो झडपका क्रममा सञ्चारकर्मीमाथी दुब्र्यबहार र क्यामेर, बुममाथी नै तोडफोड गर्नेसम्मका हर्कद विद्यालय प्रशासनबाट भएको थियो । केही समय विद्यालय परिसर रणभुमि जस्तै बनेको थियो । विद्यालयले सुविधा नै नलिएको शिर्षकमा बिल पठाएपछि अभिभावक रुष्ट बनेका थिए । मासिक शुल्क, बार्षिक शुल्क, भर्ना शुल्कमा मनलाग्दी बृद्धी गरिएपछि अभिभावकहरु सोमबार भेला भएर विद्यालय परिसरमा पुग्दैगर्दा प्रशासनले गुनासो सुन्नुको साटो उल्टै धरपकड गर्ने विद्यालयको गतिबिधिको चर्को बिरोध भएको छ ।

हुनत, तिलगंगास्थित प्यारागन पब्लिक स्कुल यो पटक मात्रै होइन, बारम्बार बिवादमा परिरहने स्कुल हो । यहाँ, विगतमा बिद्यार्थीमाथी कुटपीट, शुल्कबृद्धी लगायतका बिषयमा बारम्बार बिवाद हुँदैआएका छन् ।

एनप्याब्सनकी पूर्व अध्यक्ष तथा ग्यालेक्सी पब्लिक स्कुलकी सञ्चालक गिता राणाकी बहिनी बिना बानुले सञ्चालन गर्दै आएको यो स्कुलले राजनीतिक शक्तिको आडमा विद्यार्थीमाथी चर्को शुल्कको मनोमानी मच्चाइरहेको छ । पटक पटक अभिभावक र सञ्चारकर्मीले यो विद्यालयबाट दुब्यबहार सहनुपर्दा समेत सुधार्ने सरकारी निकाय विद्यालयका विभिन्न छाता संगठनहरु बेखबर छन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्