Techie IT
Mission Khabar

कस्तो रहला आजको मौसम ? बुधबारदेखी फेरी मनसुन सक्रिय हुँदै


काठमाडौ । आज केही ठाउँमा मौसम सफा भएर घाम लागेपनि दिउँसोबाट मौसममा आंशिक बदली सुरु हुने बताइएको छ । वागमती र प्रदेश दुईको पश्चिमी ठाउँहरुमा घाम लागे भएपनि अरु ठाउँमा कतैकतै हल्का पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हो ।

महाशाखाका मौसमविद् मञ्जु बासीले बिहानीपख घाम लागे पनि दिउँसोपख पानी पर्ने सम्भावना रहेको जानकारी दिनुभयो । यस्तै, अहिले प्रदेश एक, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर मौसम बद्ली हुने अनुमान छ । बेलुका हल्का पानी पर्ने तर ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्हरुले बताएका छन् । आज राति भने देशका धेरै ठाउँहरुमा पानी पर्नेछ भने प्रदेश एकमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएको छ । भोलिदेखि फेरि मनसुन सक्रिय हुने पूर्वानुमान महाशाखाले गरेको छ । मौसम सक्रिय भएसँगै ठूलो पानी पर्ने मौसमविद् बासी बताउनुहुन्छ ।

दुई दिनदेखि कमजोर बनेको मनसुन बुधबारदेखि पुनः सक्रिय रहने र त्यसले देशभर मध्यमदेखि भारी वर्षा गराउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बुधबारदेखि वर्षा गराउने न्यूनचापीय रेखा नेपाल प्रवेश गर्दैछ र यसले पूर्वदेखि पश्चिमसम्म वर्षा गराउन सक्ने आँकलन गरिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्