Techie IT
Mission Khabar

ब्राजिल कोपा अमेरिकाको फाइनलमा, बुधबार अर्जेन्टिना र कोलम्बियाको अग्नि परिक्षा


एजेन्सी । ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा पुगेको छ । सोमबार सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो ।

ब्राजिलको जितमा लुकास पाक्केटाले विजयी गोल गरेका थिए । नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन् । दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता मानिने कोपा अमेरिका ब्राजिलमा सञ्चालन भईरहेको छ । नेयमार प्रेरित ब्राजिल उपाधिको नजिक पुगेको छ ।

ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाईनलको खेल नेपाली समय अनुसार बुधबार बिहान हुनेछ । यो खेलसँगै फाइनल खेलको समिकरण पुरा हुनेछ ।


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्