Techie IT
Mission Khabar

देशका ५ वटा प्रदेशमा अति भारी वर्षाको पूर्वानुमान, सतर्कता अपनाउन अपिल


काठमाडौं । केही दिनदेखी कमजोर भएको मनसुन फेरि सक्रिय हुन थालेको छ । गएराति गण्डकी, लुम्बिनी, एक नम्बर र दुई नम्बर प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।

यस्तै प्रदेश २ को सप्तरीको बर्मजिया र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा ठूलो वर्षा भएकाले बाढीको खतरा बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । माउली खोलालगायत अन्य साना खोलाको तथा नदी तटीय क्षेत्रमा सतर्कता तहसम्मको बाढी आउन सक्ने भएकाले दिउँसोसम्म नै सतर्क रहन आग्रह गरिएको छ । काठमाडौंमा अहिले पानी नपरे पनि दिउँसोपछि पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश—१ र प्रदेश–२ मा ठूलो पानी पर्नेछ । प्रदेश–१ मा अति भारी वर्षाको पुर्वानुमान मौसमविद्ले गरेका छन् । ५० देखि एकसय मिलिमिटर वर्षालाई भारी वर्षा र एक सय मिलिमिटरदेखि माथिको वर्षालाई अति भारी वर्षाका रुपमा मापन गर्दै आइएको छ ।

आज रातिबाट भने प्रदेश १ सहित वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश–२ मा अति भारी वर्षाको को सम्भावना रहेको मौसमविद् अर्यालले बताउनुभयो । अबको दुई÷तीन दिन नै ठूलो वर्षाको सम्भावना रहेकाले बाढी पहिरो र डुबानको जोखिम क्षेत्रमा सतर्कता अपनाउन अपिल गरिएको छ । यसपालि औसतभन्दा धेरै पानी परेको मौसमविद्ले बताएका छन् । मनसुनको सुरुवाती महिनामा नै औसतभन्दा धेरै वर्षा भएका कारण पहाडी क्षेत्र, नदीतटिय क्षेत्रमा बिशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

यस्तो छ वाढीको पूर्वानुमान :

 


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्