Techie IT
Mission Khabar

मिल्ला त सत्तारुढ दल एमालेको किचलो ? चर्चामा संयुक्त वक्तव्य !


काठमाडौं । तात्कालिन नेकपाको अन्तरकलहकै उपक्रमहरु देखापर्ने क्रममा यतिबेला सिंगो देश अस्थित बनेको छ । नेकपा विभाजन गराएर नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काउने अदालती फैशलाले बिगतको राजनीतिक कलह एमाले केन्द्रित बनेको छ ।

एमाले फुट्ला वा जुट्ला भन्नेमा धेरैले चासो राखिरहँदा पछिल्लो समय शिर्ष नेताहरुको संवादहिनता तोडिएर सहमतिको प्रयासले निरन्तरता पाइरहेको छ । आन्तरिक विवाद मिलाउन आज पनि कार्यदलको बैठक बसेको छ । कार्यदल बैठक सकारात्मक भएको र आजै साँझ ७ बजेपछि बस्ने बैठकले सहमतिको निष्कर्ष निकाल्ने नेताहरुले बताएका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचको भेटमा भएको छलफल अनुसार कार्यदलले सहमतिको खाका तयार पार्ला वा बिवाद उहि रुपमा रहन्छ, यो चासो एमाले जनमा मात्रै सिमित नभएर आम नागरिकको चासो बनेको छ ।

आजको वार्तालाई निर्णायक बनाउने कार्यदल सदस्यहरुले विश्वास व्यक्त गर्दै आएका छन् । पार्टी अध्यक्ष केपीशर्मा ओली र वरिष्ठ नेत माधवकुमार नेपालबीच बुधबार बेलुकी २ घण्टा छलफल भएको थियो । सुरुमा दुवै तर्फका दुई\दुई जना कार्यदल सदस्यहरु सहित छलफल भएपछि दुई शीर्ष नेताबीच छलफल भएको थियो । अध्यक्ष ओलीले नेपालसँगको वार्तापछि केहीबेर कार्यदलका सदस्यहरुसँग पनि छलफल गरेका थिए ।

छलफलबाट बाहिरिने क्रममा नेपाल पक्षीय कार्यदल संयोजक भीम रावल र सदस्य सुरेन्द्र पाण्डेले पार्टीभित्रको आन्तरिक विवाद सहमति नजिक पुगेको बताएपनि पावर सेयरिङमा कुरा नमिलेको आँकलन गरिएको छ । एमाले भित्रको अन्तरकलह साम्य भएर अस्थिर बनेको राजनीतिले निकास पाउँछ वा एमालेको बिभाजनसँगै संसदमा अर्को सत्ताको खेल चल्छ यसका लागि भने अदालती फैशला र एमाले बिवादको निकास कुर्नुपर्नेछ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्