Techie IT
Mission Khabar

मन्त्रालयको गाडीभित्र मध्यरातमा निर्वस्त्र अवस्थामा भेटिएका महिला र पुरुष प्रहरी नियन्त्रणमा


काडमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला रहेको प्रहरीले जानकारी दिएको हो ।

प्रहरीका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडीबाट उनीहरु तीन जनालाई पक्राउ गरिएको थियो । प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको गाडीबाट पक्राउ गरिएकाहरुको परिचय प्रहरीले खुलाएको छैन । गस्ती गएको प्रहरीले गाडीभित्र निर्वस्त्र अवस्थामा महिला र पुरुषहरुलाई देखेपछि नियन्त्रणमा लिइएको थियो ।

गाडी चालक मन्त्रालयकै कर्मचारी भएपनि बाँकी बारे प्रहरीले मुख खोलेको छैन । यो घटनाले सरकारी गाडीको ब्यापक दुरुपयोग हुने गरेको गुनासो र आशंकालाई सहित सावित गरिदिएकोे छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्