Techie IT
Mission Khabar

मनसुनी बायुको प्रभावस्वरुप देशभर झरी, हिमाली र नदीतटिय क्षेत्रमा सतर्कता अपनाउन अपिल


काठमाडौं । देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको भैरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा भएको छ, भने केही स्थानमा सामान्य वर्षा भैरहेको छ ।

सुदूरपश्चिम प्रदेशको केही स्थानहरुमा धेरै भारी वर्षाको पूर्वानुमान गरिएको छ । शुक्रबार राति पनि अहिलेकै मौसमी प्रणाली कायम रहने आँकलन गरिएको छ । आज राति देशभर सामान्य देखि पूर्ण बदली भएर प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा राति देखि नै वर्षा भैरहेकाले पहाडी तथा नदीतटिय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरिएको छ । मोसविद्हरुले तीन दिनसम्म नै हिजो आजको जस्तै झरी पर्ने जानकारीसहित सचेत रहन आग्रह गरेका छन् ।

यस्तो छ, आगामी तीनदिनको मौसम पूर्वानुमान

२०७८ असार २५गते (शुक्रबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमाहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमतीप्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चमप्रदेशकाथोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहितभारी वर्षाको सम्भावना रहेको छ भने सुदुर पश्चिमप्रदेश र बागमतीप्रदेशको एक वादुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।प्रदेश १, वागमतीप्रदेश, गण्डकी प्रदेश, कर्णालीप्रदेश र सुदुर पश्चिमप्रदेशका केही स्थानहरुमातथाबाँकीप्रदेशकाथोरै स्थानहरुमाहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ असार २६ गते (शनिबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमाहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमतीप्रदेश, गण्डकी प्रदेश र लुम्बिनीप्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहितभारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमतीप्रदेश र सुदुर पश्चिमप्रदेशको एक वादुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमाहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमतीप्रदेश, गण्डकी प्रदेश र लुम्बिनीप्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन– चट्याङ्ग सहितभारी वर्षाको सम्भावना रहेको छ ।

२०७८ असार २७गते आईतबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमाहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनीप्रदेश, कर्णालीप्रदेश र सुदुर पश्चिमप्रदेशका का केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहितभारी, धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमाहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनीप्रदेश, कर्णालीप्रदेश र सुदुर पश्चिमप्रदेशका का केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहितभारी,धेरै भारी वर्षाको सम्भावना रहेको छ


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्